२०८३ श्रावण ७
July 23, 2026, Thursday

राष्ट्रिय जनसाँस्कृतिक महासंघ म्याग्दीको अध्यक्षमा परियार

म्याग्दी । राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल जिल्ला कार्य समिति म्याग्दीको अध्यक्षमा विजय परियार चयन हुनुभएको छ । मंगलबार बेनीमा सम्पन्न चौँथो जिल्ला अधिवेशनबाट परियारको अध्यक्षता नयाँ कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा युकेन क्षेत्री, दुर्गामाया रोका, सचिवमा शिव वोहोरा, कोषाध्यक्षमा मनिका पुन, सहसचिवमा भुवन विश्वकर्मा र सहकोषाध्यक्षमा अस्मिता रोका चयन हुनुभएको छ ।

Advertisement

त्यस्तै सदस्यहरुमा सन्दिप मल्ल, गरिमा परियार, अनुपमा घर्ति, हरिकला सापकोटा, झरना विक, मार्कस विक, अभि वोहोरा र बाबुराम सुवेदी यचन हुनुभएको सचिव वोहोराले जानकारी दिनुभयो । अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय जनसाँस्कृतिक महासंघ गण्डकी प्रदेशका अध्यक्ष सुवास मल्लले संगीतकर्मीहरु देशको अवस्था र व्यवस्था परिवर्तनको संवाहक भएको बताउनुभयो ।

उहाँले कला, साहित्य र संस्कृतिको विकासका लागि सरकारले आवश्यक नीति ल्याउनुपर्ने बताउँदै अवको संगीत परिवर्तन र विकास उन्मुख हुनुपर्ने बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज भुपेन्द्र थापाले कला र संगीतले मानिसलाई सभ्यता र संस्कार समेत सिकाउने बताउनुभयो । जनजीवनका गीत र सृजनाहरु कालजयी बनेको उदाहरण प्रस्तुत गर्नुहुदै उहाँले कलाकारहरुले लोकप्रीयताका लागि भन्दा पनि जनताहरुलाई परिवर्तन र रुपान्तरण गर्ने खालका गीतहरु गाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले समाज विकासका लागि साँस्कृतिक जागरण आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा नेकपा एमाले म्याग्दीका उपाध्यक्ष तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक प्रमोद श्रेष्ठ, एमाले म्याग्दीका सचिव थमसरा पुन, सचिवालय सदस्य टकसरा राना लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम राष्ट्रिय जनसाँस्कृतिक महासंघ नेपाल म्याग्दीका अध्यक्ष अमित विश्वकर्माको अध्यक्षता, उपाध्यक्ष देवि जिसीको स्वागत र शिव वोहोराको संचालनमा सम्पन्न भएको थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP