२०८३ श्रावण ७
July 23, 2026, Thursday

सुशील गर्बुजा हत्यामा संलग्न थप नौ जनालाई एक वर्ष कैद सजाय

एक वर्षअघि बेनी बजारमा भएको सुशील गर्बुजाको हत्यासम्बन्धी मुद्दामा ९ जनालाई जिल्ला अदालत म्याग्दीले एक÷एक वर्ष कैद सजायको फैसला गरेको छ । यसअघि हत्याका मुख्य अभियुक्त ६ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो ।

Advertisement

बुधवार न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले उत्सव पुन, मनिष तिलिजा,सञ्जन खत्री, प्रवीण जिसी,सविन राई,सोहन बरुवाल, परिवर्तित नाम ४३ (व), ४३ (त) र ४३ (फ)लाई १ वर्षको सजाय तोकिएको जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलले जानकारी  दिनुभयो  । अभियुक्तले पुर्पक्षका लागि १ वर्ष दुई महिना कारागार र सुधार केन्द्रमा बिताएकाले बुधवार नै रिहा भएका छन् ।  उनीहरूलाई हत्या प्रकरणमा मुख्य अभियुक्तलाई मतियार बनेको ठहर गर्दै एक वर्षको सजाय तोकिएको हो ।

१६ वर्षभन्दा कम उमेरको भएका कारण ४३ (ध) ले १६ वर्ष १० महिना ७ दिन कैद भुक्तान गर्नुपर्ने जिल्ला अदालत म्याग्दीले जनाएको छ । १४ देखि १६ वर्ष उमेर समूहका ४३ (ड) र ४३ (म)ले १२ वर्ष छ महिना सजाय भुक्तान गर्नुपर्ने कानुनी व्यवस्था छ । रघुगङ्गा गाउँपालिका–१, बेग घर भई बेनी नगरपालिका–८, पिपलचोकका २१ वर्षीय गर्बुजाको २०८० माघ ११ गते साँझ बेनी–८ न्युरोडमा चक्कु प्रहार गरी हत्या भएको थियो । २०८० फागुन १० गते अदालतले सुशीलको हत्यासम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेका १३ मध्ये आठ जना वयस्कलाई कारागार र ५ नाबालकलाई सुधार गृह पठाउन आदेश दिएको थियो । 

चैत १७ गतेको फैसला अनुसार, ६ जनालाई जन्मकैद (जनही २५ वर्ष) शङ्कर घर्ती, अमृत पुर्जा,सफल खत्री, परिवर्तित नाम ४३ (ध), ४३ (ड) र ४३ (म)लाई जन्मकैदको सजाय भएको जिल्ला अदालतका सूचना अधिकारी पौडेलले बताउनुभयो  । अदालतले सुशीलको हत्यासम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेका १३ मध्ये आठ जना वयस्कलाई कारागार र पाँच नाबालकलाई सुधारगृह पठाउन आदेश दिएको थियो भने ४३ (ह) र गगन गर्बुजा अझै फरार छन् । त्यसै गरी हत्यामा दोषी ठहरिएका मुख्य अभियुक्त ६ जनाबाट जनही एक लाख रुपियाँ र ९ जनाबाट जनही २५ हजार रुपियाँ मृतकका नजिकका हकदारलाई क्षतिपूर्ति भराउने अदालतले फैसला गरेको छ ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP