२०८३ असार ४
June 18, 2026, Thursday

रघुगंगामा ५५ कुकुरको बन्ध्याकरण

म्याग्दी, २८ चैत ।
म्याग्दीको रघुगंगा गाउँपालिकाले सामुदायिक र घरपालुवा कुकुरको बन्ध्याकरण शिविर संचालन गरेको छ । पालिका भित्रका ५५ कुकुरको बन्ध्याकरण गरिएको हो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको समन्वयमा एनिमल केयर सेन्टरबाट पशु चिकित्सकहरुको टोली ल्याएर घरपालुवा र सामुदायिक बन्ध्याकरण सुरु गरेकाे हाे ।

सामुदायिक कुकुरका कारण समस्या बढेपछि शिविर राखेर बन्ध्याकरण गरिएको पालिका पशु सेवा शाखा प्रमुख स्तुती पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकामा आयोजना गरिएको बन्ध्याकरण शिविरमा घरपालुवा कुकुर २० वटा र अन्य सामुदायिक ३५ वटाको बन्ध्याकरण गरिएको हो ।

सामुदायिक कुकुरको सङ्ख्यामा कमी ल्याउन, रेबिजको न्यूनीकरण गर्न सामुदायिक कुकुरको बन्ध्याकरणका गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभयो । चैत ३० गते (शनिबार भोली) पालिकाको वडा नं. २ भगवतीमा शिविर आयोजना गरिएको पालिकाले जनाएको छ ।

Advertisement

Related News

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
  • २०८३ असार ३, बुधबार १२:२६

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा...

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

TOP