म्याग्दी, २८ चैत ।
म्याग्दीको रघुगंगा गाउँपालिकाले सामुदायिक र घरपालुवा कुकुरको बन्ध्याकरण शिविर संचालन गरेको छ । पालिका भित्रका ५५ कुकुरको बन्ध्याकरण गरिएको हो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको समन्वयमा एनिमल केयर सेन्टरबाट पशु चिकित्सकहरुको टोली ल्याएर घरपालुवा र सामुदायिक बन्ध्याकरण सुरु गरेकाे हाे ।
सामुदायिक कुकुरका कारण समस्या बढेपछि शिविर राखेर बन्ध्याकरण गरिएको पालिका पशु सेवा शाखा प्रमुख स्तुती पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकामा आयोजना गरिएको बन्ध्याकरण शिविरमा घरपालुवा कुकुर २० वटा र अन्य सामुदायिक ३५ वटाको बन्ध्याकरण गरिएको हो ।
सामुदायिक कुकुरको सङ्ख्यामा कमी ल्याउन, रेबिजको न्यूनीकरण गर्न सामुदायिक कुकुरको बन्ध्याकरणका गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले जानकारी दिनुभयो । चैत ३० गते (शनिबार भोली) पालिकाको वडा नं. २ भगवतीमा शिविर आयोजना गरिएको पालिकाले जनाएको छ ।
‘पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको मालिका गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । मङ्गलवार...
म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् ।...
धौलागिरी अधिकृत विक्रेता संघको आयोजनामा शनिबा बागलुङमा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान र बागलुङ उद्योग वाणिज्य संघको १९ औ...