२०८३ असार ४
June 18, 2026, Thursday

विद्यालयस्तरीय वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार


म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका–७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् । स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको आयोजना तथा बेनीअनलाइनको सहकार्यमा बुधबार म्याग्दी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको फाइनल ग्राण्ड फिनालेमा पाँच प्रतिस्पर्धीलाई पछि पार्दै उर्मिलाल विजेता बन्न सफल भएकी हुन् ।

Advertisement

विजेता भएसँगै उनले ५० हजार रुपैँया नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिन् । प्रतियोगिताम रघुगंगा गाउँपालिका–२, भगवतीस्थित मुक्तिथाम माविकी रेजिना भण्डारी उपविजेता र अन्नपूर्ण गाउँपालिका–५, शिख माविकी रेश्मा विक तृतिय भएकी छन्।

Advertisement

द्धितिय र तृतियले क्रमश ३५ हजार, २५ हजार नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा विजेतालाई प्रमुख अतिथि जिल्ला समन्वय समितिकी निमित्त प्रमुख दिलकुमारी खत्री,स्टुडेन्ट भाइब्स अस्ट्रेलियाका प्रमुख बद्री बरुवाल, निर्णायक समितिका म्याग्दी बहुमुखी क्याम्पसमा प्रमुख श्रीधर सुबेदी, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सेनेटर धनञ्जयकुमार श्रेष्ठ, प्रविधिमैत्री शिक्षक समाज नेपालका केन्द्रिय महासचिव देबीप्रसाद शर्मा, स्टुडेन्ट भाइब्सका नेपाल प्रमुख अशोक श्रेष्ठ, स्टुडेन्ट भाइब्स पोखरा प्रमुख सौराज तिमिल्सिना, बेनीअनलाइन प्रालिका अध्यक्ष हरिकृष्ण गौतमले प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगिताको उद्घाटन गदैं जिसस निमित्त प्रमुख खत्रीले क्षमता विकासका लागि यो कार्यक्रम निकै उत्कृष्ट भएको बताइन् ।

जिल्लाका पालिकास्तरमा छनौट गरी जिल्लास्तरीय फाइनल प्रतियोगिताका छ जनै प्रतिस्पर्धी म्याग्दीका प्रतीभाहरु भएको बताउँदै नयाँ प्रतीभा जन्माउनका लागि सहयो गर्ने सम्पूर्णलाई धन्यवाद दिइन् । प्रतियोगितामा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठ, शसस्त्र प्रहरी बल गलेश्वरका प्रहरी नायव उपरीक्षक नवराज नेपाल, म्याग्दी जेसीजका अध्यक्ष बिनोद घर्ती क्षत्री लगायतको उपस्थिती रहेको थियो ।

स्टुडेन्ट भाइब्स अस्ट्रेलियाका प्रमुख बरुवालले शैक्षिक परामर्श बाहेक सामाजिक एवम् मानवीय क्षेत्रमा समेत निरन्तर सक्रिय रहेको बताउँदै आगामी संस्करणमा म्याग्दीका कुना काप्चाबाट नयाँ प्रतीभाहरुको खोजी गरिने बताए। म्याग्दीका स्थानीय तहबाट छनौट भएका ६ जनै प्रतिभालाई भाषणकला,नेतृत्व विकास अन्तरगत सैद्धान्तिक तथा व्यावहारिक ज्ञान र सिप सहित एक दिने क्षमता विकास तालिम सञ्चालन गरेपछि फाइनल प्रतियोगिता सञ्चालन गरिएको थियो ।

फाइनल प्रतियोगिताको अध्यक्षता स्टुडेन्ट भाइब्स अस्ट्रेलियाका प्रमुख बरुवाल, स्वागत बेनी अनलाइन प्रालिका अध्यक्ष गौतम र सञ्चालन सञ्चारकर्मी अमित विश्वकर्माले गरेका थिए । म्याग्दीका पालिकास्तरीय छनौटमा ४५ जना विद्यार्थीहरुबाट बेनी नगरपालिका–७ स्थित बेनी सामुदायिक माविका अभिषेक पौडेल, धवलागिरी गाउँपालिका–७, धारापानीस्थित चन्द्रकुन्ता माविकी सुबेदी, मालिका गाउँपालिका–७, बिमस्थित किसानी माविकी करुणा फगामी, मंगला गाउँपालिका–१ कुहुँ पूर्णगाउँस्थित राष्ट्रिय जनजागृति माविकी यूनिशा खत्री, रघुगंगा गाउँपालिका–२, भगवतीस्थित मुक्तिथाम माविकी भण्डारी र अन्नपूर्ण गाउँपालिका–५, शिखस्थित शिख माविकी विकको सहभागिता रहेको थियो ।

Related News

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
  • २०८३ असार ३, बुधबार १२:२६

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा...

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

TOP