आमाको मुख हेर्ने दिन’ अर्थात् मातातीर्थ औँसीको अवसर पारेर म्याग्दी क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले विभिन्न कार्यक्रम गरेको छ ।
स्ववियु सभापती संगम चोखालको नेतृत्वमा गलेश्वरमा रहेको बृद्धाश्रममा रहेका बृद्धाबृद्धको लागि भोजन कार्यक्रमा गरेको छ । विभिन्न व्यक्तीहरुबाट सहयोग संकलन गरेर आफ्ना सन्तानदेखि टाढा रहेका बृद्धाबृद्धहरुका लागि आमाको मुखहेर्ने दिनमा आफ्ना भोजन गराएको सभापति चोखालले जानकारी दिनुभयो ।

साथै म्याग्दी क्याम्पसमा अध्यापन गराउने गुरुआमाहरुसंग समेत मातातीर्थ औंसीको अवसरमा एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको छ । स्ववियुले निर्वाचनपछि विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।




