Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ कार्तिक १५
October 31, 2026, Saturday

रघुगंगा गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिका घोषित

म्याग्दी– ‘पूर्णखोप, सुरक्षित भविष्य’ भन्ने मूल नारासहित म्याग्दीको रघुगंगा गाउँपालिका पूर्णखोप सुनिश्चितता एवं दिगोपना पालिकाको रुपमा घोषित भएको छ । सोमबार पालिकाको केन्द्र मौवाफाँटमा आयोजित एक समारोहबीच रघुगंगा गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो । बच्चा जन्मेदेखि १५ महिनासम्मका १ सय ४९ जना र १६ महिनादेखि २७ महिनासम्मका १ सय ५२ जनासहित सबै बालबालिकाहरुले पूर्णखोप पाएको सुनिश्चितासहित गाउँपालिकालाई पूर्ण खोपको दिगोपना कायम राख्ने प्रतिबद्धता जनाउँदै पूर्णखोप सुनिश्चित दिगोपना पालिका घोषणा गरिएको छ ।

Advertisement

लबालिकाहरुले जन्मेदेखि २७ महिनासम्म विभिन्न प्रकारका खोपहरु पाएका छन् । राष्ट्रिय खोप तालिकाअनुसार तोकिएका उमेर समूहका बालबालिकाहरुले सम्पूर्ण खोपको मात्रा पुरा गरेको तथा खोप निर्देशिकाअनुसार आवश्यक सबै प्रक्रियाहरु पुरा गरी गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख प्रेमचन्द्रप्रसाद जयसवालले बताउनुभयो । उहाँका अनुसार बालबालिकाहरुले जन्मेपश्चात् पोलियो, दादुरा, हेपाटाईटिस, जापानीज ईन्सेफ्लाईटिस, रुबेला, झाडापखाला, टाईफाइडलगायत रोगविरुद्ध पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पुरा गरेका छन् ।

Advertisement

रघुगंगा गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता पालिकाको रुपमा घोषणा गर्न यसअघि गएको चैत २७ गते ४ नम्बर वडा दग्नामबाट वडास्तरमा पूर्णखोप सुनिश्चित वडा घोषणा कार्यको सुरुवात गरिएको थियो । पालिकाको सबै घरधुरीमा सर्वेक्षणसहित ५९ महिनासम्मका सबै बालबालिकाहरुको विवरण सङ्कलन गरी उनीहरुलाई पूर्णखोप लगाउनुका साथै पुनः सर्भेक्षण समेत गरिएको थियो ।

बेगखोला, भगवती, पिप्ले, दग्नाम, झिँ, पाखापानी, चिमखोला र कुईनेमङ्गलेसहित ८ वटा वडा रहेको रघुगंगामा यी सबै वडालाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिसकेपछि सोमबार पालिकालाई औपचारिक रुपमा पूर्णखोप सुनिश्चितता भएको पालिका घोषणा गरिएको हो । कार्यक्रमको अवसरमा रघुगंगा गाउँपालिकाले पूर्णखोप घोषणा सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रमलाई सफल बनाउन आ–आफ्नो क्षेत्रमा खटिएका ८ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, ८ जना स्वास्थ्यकर्मी र ८ वटा स्वास्थ्य संस्था तथा महत्वपूर्ण सहयोग पु¥याउनुहुने पिप्ले स्वास्थ्यचौकी र झिँ स्वास्थ्यचौकीका कार्यालय सहयोगी कर्मचारीद्वय सीता खड्का सुवेदी र तेजनाथ पौडेललाई दोसल्ला ओढाएर प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

यसैगरी जिल्ला खोप समन्वय समितिको तर्फदेखि गाउँपालिकालाई पूर्णखोप घोषणा सुनिश्चितता तथा दिगोपना कायम राख्नको लागि प्रशंसा–पत्र समेत प्रदान गरिएको छ । पूर्णखोप सुनिश्चितता पालिका घोषणा समारोहको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले पूर्णखोप पालिका बनाउन खटिनुहुने सबैलाई प्रशंसासहित धन्यवादज्ञापन गर्नुभयो ।

उहाँले गतवर्ष जस्तै म्याग्दीलाई अहिले पनि गण्डकी प्रदेशमा पहिलो पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्लाको रुपमा घोषणा गर्न जिल्ला खोप समन्वय समिति लागिपरेको बताउँदै यसका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । जिल्ला समन्वय अधिकारी कमलप्रसाद आचार्यले पूर्णखोप कार्यक्रमले औषत आयु बढाउने र बाल मृत्युदर घटाउनमा महत्वपूर्ण सहयोग पु¥याउने बताउनुभयो ।

प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले पूर्णखोप कार्यक्रमले सरुवा रोग लाग्नबाट बचाउने बताउँदै म्याग्दीमा वि.सं. २०७१ सालबाट जिल्लालाई पूर्णखोप सुनिश्चितता घोषणा गर्न थालिएको बताउनुभयो । रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले विभिन्न प्रकोप तथा रोगजन्य महामारीहरुबाट बच्नको लागि पूर्णखोप कार्यक्रमले रोक्ने बताउँदै स्वास्थ्य क्षेत्र तथा खोप कार्यक्रमका लागि गाउँपालिकाबाट आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा रघुगंगा–७, चिमखोलाका वडा अध्यक्ष थकप्रसाद पाईजा, राखुपिप्ले स्वास्थ्यचौकीका प्रमुख शिवप्रसाद पाण्डे र सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका यशोदा सुवेदीले मन्तव्य व्यक्त गर्नुभएको थियो । गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जयसवालले पूर्णखोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमको प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रम अहेव वीरबहादुर वलीको सञ्चालन र स्वास्थ्य शाखा सहसंयोजक देवीकुमारी रानाको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा स्वास्थ्यकर्मी, स्वयंसेविका र आमा समूहले नृत्य प्रस्तुत गरेका थिए । रघुगंगा गाउँपालिका जिल्लामा पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा हुनेमा चौथो पालिका बनेको छ ।

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १४, शुक्रबार ०१:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ०७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP