२०८२ जेष्ठ ३१
June 13, 2025, Friday

पत्रकारलाई १० लाखको दुर्घटना बिमा

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाले जिल्लामा क्रियाशील पत्रकारहरूको सुरक्षाका लागि १० लाख रुपियाँ बराबरको दुर्घटना बिमा हस्तान्तरण गरेको छ । शनिबार शाखामा आयोजित कार्यक्रममा जिल्लाका क्रियाशील २१ जना पत्रकारको दुर्घटना बिमा तथा आर्थिक सहयोग गरिएको हो ।

Advertisement

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, शाखा अध्यक्ष हरिकृष्ण गौतम, संस्थापक अध्यक्ष धनश्याम खड्काले पत्रकारलाई दुर्घटना बिमा हस्तान्तरण गर्नुभएको थियो । तीन वर्षदेखि क्रियाशील पत्रकारहरूको दुर्घटना बिमा गरिएको छ । 

Advertisement

दुर्घटना बिमाका लागि शिखर इन्स्योरेन्ससँग सम्झौता गरिएको छ । यो योजनाअन्तर्गत पत्रकारहरू कार्यक्षेत्रमा खटिएका बेला वा अन्य पेसागत कार्यका क्रममा दुर्घटनामा परेमा मृत्यु वा पूर्ण अशक्तताका लागि १० लाख रुपियाँसम्म र घाइते भएमा उपचारका लागि एक लाख रुपियाँसम्मको लाभ प्रदान गरिने छ ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका उपाध्यक्ष पौडेलले पत्रकारको पेसागत सुरक्षाका लागि नयाँ कार्यसमितिका कार्यहरू प्रशंसनीय भएको बताउनुभयो । यसैबिच मिर्गौला रोगबाट ग्रसित म्याग्दीकाली एफएमका कार्यरत सञ्चारकर्मी दिपा बुढाथोकीकी आमा लीला पुनको उपचारका लागि पत्रकार महासङ्घको आपतकालीन कोषबाट ३२ हजार ५ सय सहयोग हस्तान्तरण गरिएको कोषाध्यक्ष साधन राम्जालीले जानकारी दिनुभयो ।

पत्रकार महासङ्घले सञ्चार क्षेत्रमा कार्यरत पत्रकारहरूका साथै परिवारका सदस्य वा कुनै समस्या परेमा कोषमार्फत सहयोग गर्ने छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रमको अध्यक्षता गौतम, स्वागत उपाध्यक्ष दलप्रसाद विश्वकर्मा र सञ्चालन सचिव ठाकुरप्रसाद आचार्यले गर्नुभएको थियो ।

म्याग्दी शाखाले हालसम्म नयाँ पत्रकार उत्पादन र पत्रकारिता क्षेत्रको क्षमता विकासका लागि पत्रकारिता पाठशालामार्फत तालिम, सूचना तथा प्रसार विभागबाट प्रेस कार्डसहित घुम्ती शिविर, स्थापना दिवसको अवसरमा फुटसल प्रतियोगिता, हिमाली जिल्लाअन्तर्गत म्याग्दीका सञ्चार माध्यमहरूलाई सुविधाको मागसहित विभिन्न कार्यक्रमहरू गरेको छ ।

Related News

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
  • २०८२ बैशाख २०, शनिबार १५:४९

६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...

म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
  • २०८२ बैशाख २०, शनिबार १५:४९

आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...

अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
  • २०८२ बैशाख २०, शनिबार १५:४९

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...

TOP