२०८२ फाल्गुन २०
March 4, 2026, Wednesday

बेनीमा ‘फोहोर टिप्ने प्रतियोगिता’ सिर्जना शर्मा र मिना जिसी प्रथम

म्याग्दीमा सरसफाईको सन्देश फैलाउन ‘फोहोर टिप्ने प्रतियोगिता’ गरिएको छ । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास संगै सामाजिक क्षेत्रमा क्रियाशिल रहेको म्याग्दी जेसीजले शनिवार बेनीमा फोहोर टिप्ने प्रतियोगिता आयोजना गरेको हो । 

Advertisement

दुई÷दुई जना सहभागी २० समूहले सहभागिता जनाएको प्रतियोगितामा सबैभन्दा धेरै फोहोर संकलन गर्ने महारानीथान आमा समूहका सिर्जना शर्मा र मिना जिसी प्रथम हुन सफल हुनभएको छ । त्यसैगरी बिटी सोप समूहका बिनम थजाली र एञ्जल थजालीको समूह द्धितीय र जिल्ला फुटवल संघका प्रजिया कार्की र रिधिमा भट्टचनको समूह तीतृय हुन सफल भएको म्याग्दी जेसीजका सहसचिब गोकुल सुनारले जानकारी दिनुभयो ।

Advertisement

बेनीको कालिपुल बसपार्कदेखि सुरु भएको प्रतियोगितामा निर्धारित ४५ मिनेटको समयमा सबैभन्दा धेरै फोहोर संकलन गर्ने समूहलाई बिजेता घोषणा गरिएको थियो । प्रथम हुने समूहले ४२ दशमलब ७२५ केजी, द्धितीय हुने समूहले ४२ दशमबल ४१५ केजी र तृतीय हुने समूहले ३३ दशमलब ५१५ केजी फोहोर संकलन गरेका थिए ।

कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठ, शाखा अध्यक्ष विनोद घर्ति क्षेत्रीलगायतले प्रतियोगितामामा प्रथम, द्धितीय र तृतीय हुने समूहलाई आकर्षक गिफ्टका सामाग्री, करुवा र सरसफाई सामाग्री प्रदान गरी पुरस्कृत र सम्मान गर्नुभएको थियो थियो ।

सोही अबसरमा बेनी नगरपालिकाका ६ जना सरसफाई कर्मचारीहरुलाई समेत जनही नगद रु १ हजार पाँच सय र ज्याकेट प्रदान गरेर प्रोत्साहन गरिएको छ । सरसफाईको सन्देश फैलाउने उदेश्यले आयोजित फोहोर टिप्ने प्रतियोगिताबाट करिब तीन सय केजी फोहोर संकलन गरी व्यवस्थापन गरिएको कार्यक्रम संयोजक देवेन्द्र घिमिरेले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष श्रेष्ठले फोहोरले समाजमा पारेको नकरात्मक प्रभाब र सरसफाई सम्बन्धी सचेतना फैलाउन प्रतियोगिताले रचनात्मक सन्देश दिएको बताउनुभयो ।

Related News

म्याग्दीमा एमालेको प्रतिस्पर्धा काँग्रेससँग हो– एमाले उमेद्वार श्रेष्ठ
म्याग्दीमा एमालेको प्रतिस्पर्धा काँग्रेससँग हो– एमाले उमेद्वार श्रेष्ठ
  • २०८२ बैशाख २०, शनिबार १६:०२

नेकपा एमालेका म्याग्दीका प्रतिनिधीसभा सदस्यका उमेद्वार हरिकृष्ण श्रेष्ठले आफ्नो प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेस भएको बताउनुभएको छ । Advertisement ग्रामिण क्षेत्रका...

जिल्लाको विकास र अहिलेको संकट समाधानका लागि काँग्रेसको जित आवश्यक ः भण्डारी
जिल्लाको विकास र अहिलेको संकट समाधानका लागि काँग्रेसको जित आवश्यक ः भण्डारी
  • २०८२ बैशाख २०, शनिबार १६:०२

बेनी, १७ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस म्याग्दीबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार...

जलविद्युतमा प्रभावितलाई सेयर लगानीको अधिकारलाई सुनिश्चित बनाउने नेकपाका उमेद्वार थापाको प्रतिवद्धता
जलविद्युतमा प्रभावितलाई सेयर लगानीको अधिकारलाई सुनिश्चित बनाउने नेकपाका उमेद्वार थापाको प्रतिवद्धता
  • २०८२ बैशाख २०, शनिबार १६:०२

नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार अर्जुन थापाले म्याग्दीमा निर्माणाधिन र निर्माण सम्पन्न भएका जलविद्युत आयोजनामा प्रभावित क्षेत्रका बासिन्दाको सेयर लगानीको अधिकारलाई...

TOP