२०८२ चैत्र २६
April 9, 2026, Thursday

मार्स मल्टी मिडियाको मैत्रीपूर्ण फुटसल म्याग्दी मिडिया सोसाईटीले जित्यो


मार्स मल्टी मिडिया हाउस प्रालिद्धारा सञ्चालित म्याग्दी टाइम्स डटकमको शुभाम्भरको अवसरमा मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ ।

Advertisement


विश्व प्रेस स्वतन्त्र दिवसको अवसरमा बेनी नगरपालिकाका मेयर सुरत केसीले शनिबार प्रालिद्धारा सञ्चालित म्याग्दी टाइम्स डटकमको उद्घाटन गदैं स्थानीय सञ्चारमाध्यमको प्रर्वधनका लागि सधै साथमा रहेको बताउनुभएको थियो ।
नेपाल पत्रकार महासंघ म्याग्दीका पूर्व अध्यक्ष समेत रहनुभएका मेयर केसीले सञ्चारमाध्यमले आलोचना र प्रशंसा सत्यताको आधारमा गर्नुपर्नेमा जोड दिनुभयो । शुभारम्भको अवसरमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, नेपाल पत्रकार महासंघ म्याग्दीमा अध्यक्ष हरिकृष्ण गौतम, म्याग्दी मिडिया सोसाईटीका अध्यक्ष अमित विश्वकर्मा, लोकदोहोरी गित प्रतिष्ठानका अध्यक्ष धुब्र जिसी लगायतको उपस्थिति रहेको थियो ।

Advertisement


यसैबीच म्याग्दी टाइम्सको शुभारम्भको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधी मिडिया सोसाईटीले जितेको छ । पहिलो चरणको खेलमा नेपाल पत्रकार महासंघ म्याग्दी ए र लोकदोहोरी गित प्रतिष्ठान म्याग्दी बिच भएको खेलमा दुईका विरुद्ध ६ गोल गर्दै पत्रकार महासंघ फाइनलमा प्रवेश गरेको थियो । त्यसैगरी पत्रकार महासंघ बि र म्याग्दी मिडिया सोसाईटी बिच भएको खेलमा २ का बिरुद्ध ९ गोल गदैं म्याग्दी मिडिया सोसाईटीले फाइनलको यात्रा तय गरेको थियो ।


फाइनलमा नेपाल पत्रकार महासंघ म्याग्दी ए र म्याग्दी मिडिया सोसाईटी बिचको खेलमा २ का बिरुद्ध ३ गोल गदैं म्याग्दी मिडिया सोसाईटीले प्रथम म्याग्दी टाइम्स फुटसलको उपाधी जितेको छ ।


प्रतियोगितामा सर्वाधिक गोलकर्ता म्याग्दी मिडिया सोसाईटीका किरण कार्की र उत्कृष्ट खेलाडी पत्रकार महासंघका गोलरक्षक कृष्ण कार्की घोषित भएका थिए । विजेता र उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, नेपाल पत्रकार महासंघ म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का र मार्स मल्टी मिडिया हाउस प्रालिका अध्यक्ष शिव बोहोराले ट्रफी,मेडल वितरण गर्नुभएको थियो ।

Related News

टेलिकमको कार्यालयभित्र हात हालाहाल, कसरी भयो झगडा ?
टेलिकमको कार्यालयभित्र हात हालाहाल, कसरी भयो झगडा ?
  • २०८२ बैशाख २१, आईतवार ००:५३

Advertisement नेकपा एमाले म्याग्दीका नेता तथा कार्यकर्ता र नेपाल टेलिकमको कार्यालय मर्मतमा खटिएका मजदुर बिचको विवाद अहिले सामाजिक सञ्जालमा भाइरल...

वन डढेलो र सुक्खापन रोकथामका लागि वनमा पोखरी
वन डढेलो र सुक्खापन रोकथामका लागि वनमा पोखरी
  • २०८२ बैशाख २१, आईतवार ००:५३

वन डढेलो नियन्त्रण, सुक्खापन रोकथाम, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण थालिएको छ । यहाँस्थित डिभिजन...

जिल्ला सभा : हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयनमा ल्याउन माग
जिल्ला सभा : हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयनमा ल्याउन माग
  • २०८२ बैशाख २१, आईतवार ००:५३

 म्याग्दी जिल्लाले पाएको हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउन माग गरिएको छ । विहिवार बेनीमा सम्पन्न जिल्लाको सभाको एघारौँ अधिवेशनले हिमाली...

TOP