Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ७
September 23, 2026, Wednesday

झिँको वडा कार्यालय भवन उद्घाटन (फोटोफिचर)

 म्याग्दीको रघुगंगा गाउँपालिका–५,झिँको नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । संघ ,स्थानीय सरकार र स्थानीयबासीको संयुक्त रुपमा करिब दुई करोड साठी लाख रुपैयाँ बढी लगानीनमा निर्माण भएको दुई तले भवनको सोमबार आयोजित एक भव्य समारोहका बिच गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गर्नुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीका अनुसार ,शौचालय बाथरुम सहित एक सभाहल र पाँच वटा कोठा रहेको भवन निर्माणमा गाउँपालिका र संघीय सरकारबाट एक करोड ५१ लाख १७ हजार बढी लगानी भएको छ ।

Advertisement

जग्गा खरिदमा ५९ लाख ,घेराबार सहित पर्खाल ,मैदान निर्माणमा २७ लाख रुपैयाँ खर्च भएको छ । पहिलो तला स्थानीय उपभोक्ता समितिले निर्माण गरिएको हो भने सभाहल सहितको दोस्रो तला शङ्कर निर्माण सेवा कम्पनीले निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताउनुभयो ।

Advertisement

दोस्रो तला निर्माणका लागि कम्पनीसँग आर्थिक वर्ष २०८० फागुन २२ गते सम्झौता भएर ०८१ असारमा सम्पन्न भएको थियो । भने पहिलो तला अघिल्लो आर्थिक वर्षमा निर्माण भएको थियो । निर्माण सँगै भवन वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ । भवनमा सोलार ,विद्युत जडान गरिएको छ ।

गाउँपालिका अध्यक्ष भण्डारीले भवन निर्माण भएपछि वडाबासी र कार्यालय सञ्चालनमा सहज हुने बताउनुभयो । उहाँका अनुसार, ८ वटा वडा रहेका रघुगङ्गामा अहिलेसम्म वडा नम्बर ५ सहित १,२ र ६ नम्बर वडा कार्यालयको आफ्नै भवन निर्माण भएका छन् । वडा नम्बर ७ को जग्गा व्यवस्थापन भएको र भवन निर्माणको लागि बजेट माग गरिएको उहाँले जानकारी दिनुभयो । सबै वडाको भवन निर्माण गर्न आफुले पहल गरिरहेको उहाँको भनाइ थियो । भौगोलिक विकटता र सिमित बजेटका बाबजुत पनि गाउँपालिकाले विकास निर्माणमा उल्लेखनीय काम गरेको बताउनुभयो । ‘‘हामी गाउँपालिका र वडामा जनप्रतिनिधिको रुपमा निर्वाचित भएर आएपछि झिँमा सडक, स्वास्थ्यचौकी भवन ,विद्यालय ,समाजघर ,कोल्डस्तर लगायत विकास निर्माणका काम भएका छन् ,’’अध्यक्ष भण्डारीले भन्नुभयो ।

यस अघि भाडाको घरमा कार्यालय सञ्चालन हुँदै आएको र भवन निर्माण भएपछि वडा कार्यालय सञ्चालन ,सेवा प्रवाहमा सहज हुने वडा अध्यक्ष मनबहादुर शेरमन्जाले बताउनुभयो । उहाँका अनुसार ,स्थानीय विष्णुप्रसाद शेरचनले साढे तीन रोपनी जग्गा सहुलियत मुल्यमा उपलब्ध गराउनुभएको थियो । जग्गा व्यवस्थापन पक्रियामा साविक झीँ गाविसका ९ वटै वडाका समुहले एक लाख रुपियाँका दरले सहयोग गरेको वडा अध्यक्ष शेरमन्जाले जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रेमकुमारी पुन , प्रमुख प्रशासकीय अधिकृत भण्डारी ,वडा नम्बर १ का अध्यक्ष बिलबहादुर फगामी,६ का वडा अध्यक्ष मनकुमार शेरपुजा ,वडा नम्बर ७ का वडा अध्यक्ष थकबहादुर पाइजाले भवन निर्माण सँगै यसको दिर्घकालिन संरक्षणको जिम्मा वडाबासीको भएको बताउनुभयो । महेन्द्र माविका प्रअ यामबहादुर शेरपुञ्जा ,तल्लो तला भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष धनबहादुर शेरपुञ्जा ,नेकपा एमाले वडा इकाई कमिटि अध्यक्ष पुर्ण बहादुर पुन ,झिँ नौमती बाजा समुह संयोजक शंक बहादुर थजाली ,सहुलियत मुल्यमा जग्गादान गर्ने समाजसेवी विष्णुप्रसाद शेरचन  ,देउराली बचत तथा ऋण सहकारीकी अध्यक्ष श्रीमाया शेरपुजा लगायतले गाउँमै सुविधासम्पन्न भएपछि सहज हुनेमा विश्वास व्यक्त गर्नुभयो । गाउँपालिकाका कृषि शाखा प्राविधिक हिक्मत सार्कीले सञ्चालन गर्नुभएको कार्यक्रममा वडा सदस्य धनमाया गोतामेको स्वागत मन्तव्य राख्नुभएको थियो । सहुलियत मुल्यमा जग्गादान गर्ने समाजसेवी शेरचन ,निवर्तमान वडा सदस्यहरु ,निर्माण उपभोक्ता समिति लगायत सहयोगीदाताहरुलाई सम्मान गरिएको थियो ।कार्यक्रममा स्थानीयले नृत्य , नौमती बाजा , पुर्ख्यौली र भजन प्रस्तुत गरेका थिए ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP