२०८३ श्रावण ७
July 23, 2026, Thursday

जलजलाका उत्कृष्ट चालिस उद्यमीलाई सम्मान

पर्वतको जलजला गाउँपालिकामा उत्कृष्ट चालिस जना उद्यमीलाई सम्मान गरिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रम अन्तर्गत पालिकाभित्रका उत्कृष्ट उद्यमीहरुलाई सम्मान गरिएको हो । उद्यमशीलताको विकास गरी रोजगारी सिर्जना र आत्मनिर्भर बनाउने उदेश्यले सञ्चालित कार्यक्रम अन्तर्गत पहिलो चरणमा पालिकामा सम्भाव्यता अध्ययन र उद्यमीहरुलाई आवेदन आह्वान गरेर तथ्याङ्क संकलन गरिएको थियो ।

Advertisement


जलजलाका नौ वटै वडाबाट १५४ जना उद्यमीहरुले आवेदन दिएकोमध्ये उद्यमीको उदेश्य, सोच, वित्तिय अवस्था, नवप्रवद्र्धन, उद्यमको वर्तमान अवस्था, व्यवसायिक योजना, बजारको अवस्था, उद्यमीको सामाजिक प्रभाब लगायतको सूचकका आधारमा चालिस जना उद्यमी छनौट गरी सम्मान गरिएको कार्यक्रमका प्रदेश संयोजक जुनतारा बुढामगरले बताउनुभयो ।
शुक्रवार गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दिपक आचार्य, प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्य, लेखा अधिकृत फणिन्द्र प्रसाद आचार्यलगायतले उत्कृष्ट जलजला उद्यमीको रुपमा कृषि, पशुपालन, खाद्य प्रशोधन, स्थानीय कच्चा पदार्थमा आधारित उद्योग सञ्चालन गरी छनौट भएका उद्यमीहरुलाई सम्मान गर्नुभएको थियो ।


छनौट भएका उद्यमीहरुलाई व्यवसायिक योजना सम्बन्धि तालिम उद्यमीहरुको व्यवसायिक योजनाको आधारमा उत्कृष्ट २० उद्यमी छनौट गरिने कार्यक्रममा फिल्ड अफिसर भगवती पुनले जानकारी दिनुभयो । उहाँका अनुसार, उत्कृष्ट २० जनामा छनौट हुने उद्यमीहरुलाई जनही २५ हजारका दरले पुरक अनुदान उपलब्ध गराइनेछ ।


त्यसैगरी उत्कृष्ट १० मा छनौट हुने उद्यमीलाई उद्यम प्रवद्र्धनका लागि ५० प्रतिशत साझेदारी रहने गरी जनही नगद रु १ लाख ५० हजारका दरले पुरक अनुदान दिइने जनाइएको छ । त्यसैगरी पालिकाभरबाट सर्वोकृष्ट हुने उक जना उद्यमीहलाई उद्यमशीलता विस्तारका लागि थप रु १ लाख ५० हजारको दरले पुरक अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
जलजलामा प्रदेश सरकारको रु ४० लाख, पालिकाको रु २० लाख र र दायित्व संस्थाको रु १५ लाख बजेटबाट सञ्चालित यस कार्यक्रमले पालिकामा उद्यम प्रवद्र्धन र रोजगारी सिर्जनमा टेवा पु¥याउने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । उहाँले उद्यमीहरुलाई व्यवसायिक योजना बनाएर उत्पादन बढाउन र व्यवसायिक क्षेत्र विस्तारमा सघाउन कार्यक्रमले सहयोग पुग्ने बताउँदै कार्यक्रम अन्तर्गत प्रदान गरिने पुरक अनुदानले उद्यमीको क्षमता विस्तारमा सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य र प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यले कार्यक्रम अन्तर्गत उद्यमीहरुले पेश गरेको विवरणको आधारमा उत्कृष्ट उद्यमीहरु छनौट गरिएको बताउँदै छुटेको उद्यमीहलाई राष्ट्रपती महिला सुधार कार्यक्रम लगायतबाट सम्बोधन गरिनेमा जोड दिनुभएको थियो ।

गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय र दायित्व संस्था तथा सम्बन्धीत पालिकाको सहकार्यमा जलजला संगै बागलुङको बडीगाड गाउँपालिका, गोरखाको सिरानचोक गाउँपालिका, तनहुको म्याग्दे गाउँपालिका, नवलपुरको हुक्सेकोट गाउँपालिकामा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रम लागू गरिएको छ ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP