२०८२ असार १
June 15, 2025, Sunday

जलजलाका उत्कृष्ट चालिस उद्यमीलाई सम्मान

पर्वतको जलजला गाउँपालिकामा उत्कृष्ट चालिस जना उद्यमीलाई सम्मान गरिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रम अन्तर्गत पालिकाभित्रका उत्कृष्ट उद्यमीहरुलाई सम्मान गरिएको हो । उद्यमशीलताको विकास गरी रोजगारी सिर्जना र आत्मनिर्भर बनाउने उदेश्यले सञ्चालित कार्यक्रम अन्तर्गत पहिलो चरणमा पालिकामा सम्भाव्यता अध्ययन र उद्यमीहरुलाई आवेदन आह्वान गरेर तथ्याङ्क संकलन गरिएको थियो ।

Advertisement


जलजलाका नौ वटै वडाबाट १५४ जना उद्यमीहरुले आवेदन दिएकोमध्ये उद्यमीको उदेश्य, सोच, वित्तिय अवस्था, नवप्रवद्र्धन, उद्यमको वर्तमान अवस्था, व्यवसायिक योजना, बजारको अवस्था, उद्यमीको सामाजिक प्रभाब लगायतको सूचकका आधारमा चालिस जना उद्यमी छनौट गरी सम्मान गरिएको कार्यक्रमका प्रदेश संयोजक जुनतारा बुढामगरले बताउनुभयो ।
शुक्रवार गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दिपक आचार्य, प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्य, लेखा अधिकृत फणिन्द्र प्रसाद आचार्यलगायतले उत्कृष्ट जलजला उद्यमीको रुपमा कृषि, पशुपालन, खाद्य प्रशोधन, स्थानीय कच्चा पदार्थमा आधारित उद्योग सञ्चालन गरी छनौट भएका उद्यमीहरुलाई सम्मान गर्नुभएको थियो ।

Advertisement


छनौट भएका उद्यमीहरुलाई व्यवसायिक योजना सम्बन्धि तालिम उद्यमीहरुको व्यवसायिक योजनाको आधारमा उत्कृष्ट २० उद्यमी छनौट गरिने कार्यक्रममा फिल्ड अफिसर भगवती पुनले जानकारी दिनुभयो । उहाँका अनुसार, उत्कृष्ट २० जनामा छनौट हुने उद्यमीहरुलाई जनही २५ हजारका दरले पुरक अनुदान उपलब्ध गराइनेछ ।


त्यसैगरी उत्कृष्ट १० मा छनौट हुने उद्यमीलाई उद्यम प्रवद्र्धनका लागि ५० प्रतिशत साझेदारी रहने गरी जनही नगद रु १ लाख ५० हजारका दरले पुरक अनुदान दिइने जनाइएको छ । त्यसैगरी पालिकाभरबाट सर्वोकृष्ट हुने उक जना उद्यमीहलाई उद्यमशीलता विस्तारका लागि थप रु १ लाख ५० हजारको दरले पुरक अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
जलजलामा प्रदेश सरकारको रु ४० लाख, पालिकाको रु २० लाख र र दायित्व संस्थाको रु १५ लाख बजेटबाट सञ्चालित यस कार्यक्रमले पालिकामा उद्यम प्रवद्र्धन र रोजगारी सिर्जनमा टेवा पु¥याउने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । उहाँले उद्यमीहरुलाई व्यवसायिक योजना बनाएर उत्पादन बढाउन र व्यवसायिक क्षेत्र विस्तारमा सघाउन कार्यक्रमले सहयोग पुग्ने बताउँदै कार्यक्रम अन्तर्गत प्रदान गरिने पुरक अनुदानले उद्यमीको क्षमता विस्तारमा सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य र प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यले कार्यक्रम अन्तर्गत उद्यमीहरुले पेश गरेको विवरणको आधारमा उत्कृष्ट उद्यमीहरु छनौट गरिएको बताउँदै छुटेको उद्यमीहलाई राष्ट्रपती महिला सुधार कार्यक्रम लगायतबाट सम्बोधन गरिनेमा जोड दिनुभएको थियो ।

गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय र दायित्व संस्था तथा सम्बन्धीत पालिकाको सहकार्यमा जलजला संगै बागलुङको बडीगाड गाउँपालिका, गोरखाको सिरानचोक गाउँपालिका, तनहुको म्याग्दे गाउँपालिका, नवलपुरको हुक्सेकोट गाउँपालिकामा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन कार्यक्रम लागू गरिएको छ ।

Related News

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
  • २०८२ बैशाख २७, शनिबार १५:४२

६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...

म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
  • २०८२ बैशाख २७, शनिबार १५:४२

आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...

अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
  • २०८२ बैशाख २७, शनिबार १५:४२

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...

TOP