२०८३ जेष्ठ २८
June 11, 2026, Thursday

स्व. श्रीमानको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

म्याग्दी ।
म्याग्दीको बेनी नगरपालिका ५ बगुवाखोलामा रहेको बालजागृति आधारभूत विद्यालयमा आफ्नो स्वा. श्रीमानको सम्झनामा अक्षयकोष स्थापना गरिएको छ ।

Advertisement

बेनपा ६ चुत्रेनीका हिरा कुमारी बानियाँले आफ्नो स्व. श्रीमान भिमबहादुर बानियाँको सम्झनामा एक लाख एक हजार एक सय एघार रुपैयाँको अक्षयकोष स्थापना गरिएको विद्यालयका प्र.अ धनबहादुर क्षत्रीले जानकारी दिनुभयो ।

Advertisement

विद्यालयमा स्व. भिमबहादुर बानियाँ स्मृति कोष स्थापना गरेर त्यहाँबाट आउने ब्याजबाट वार्षिक रुपमा अतिविपन्न, गरिब तथा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने भएको छ ।मंगलबार विद्यालयमा आयोजित कार्यक्रमका बीच परिवार एकबर्षको पुन्यतिथिको अवसर पारेर परिवारले कोषको रकम विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गर्नुभयो ।

बौद्धिक अपागंता भएको विद्यार्थीहरुले कक्षा पाँच सम्म अध्ययन गर्ने विद्यालयमा स्थापना भएको कोषले विद्यार्थीहरुलाई अध्ययनमा सहज हुने अपेक्षा गरिएको छ ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP