२०८२ जेष्ठ ३१
June 13, 2025, Friday

स्व. श्रीमानको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

म्याग्दी ।
म्याग्दीको बेनी नगरपालिका ५ बगुवाखोलामा रहेको बालजागृति आधारभूत विद्यालयमा आफ्नो स्वा. श्रीमानको सम्झनामा अक्षयकोष स्थापना गरिएको छ ।

Advertisement

बेनपा ६ चुत्रेनीका हिरा कुमारी बानियाँले आफ्नो स्व. श्रीमान भिमबहादुर बानियाँको सम्झनामा एक लाख एक हजार एक सय एघार रुपैयाँको अक्षयकोष स्थापना गरिएको विद्यालयका प्र.अ धनबहादुर क्षत्रीले जानकारी दिनुभयो ।

Advertisement

विद्यालयमा स्व. भिमबहादुर बानियाँ स्मृति कोष स्थापना गरेर त्यहाँबाट आउने ब्याजबाट वार्षिक रुपमा अतिविपन्न, गरिब तथा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने भएको छ ।मंगलबार विद्यालयमा आयोजित कार्यक्रमका बीच परिवार एकबर्षको पुन्यतिथिको अवसर पारेर परिवारले कोषको रकम विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गर्नुभयो ।

बौद्धिक अपागंता भएको विद्यार्थीहरुले कक्षा पाँच सम्म अध्ययन गर्ने विद्यालयमा स्थापना भएको कोषले विद्यार्थीहरुलाई अध्ययनमा सहज हुने अपेक्षा गरिएको छ ।

Related News

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
  • २०८२ जेष्ठ १, बुधबार ००:१४

६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...

म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
  • २०८२ जेष्ठ १, बुधबार ००:१४

आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...

अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
  • २०८२ जेष्ठ १, बुधबार ००:१४

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...

TOP