२०८३ भाद्र २
August 18, 2026, Tuesday

विकास पत्रकारिता पुरस्कारबाट तीन पत्रकार सम्मानित

म्याग्दीका क्रियाशिल तीन जना पत्रकारलाई विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । जिल्ला समन्वय समितिको दशौं जिल्ला सभा तथा वार्षिक समिक्षा कार्यक्रमका अवसरमा मंगलबार जिल्ला समन्वय समितिको कार्यालयले पत्रकारहरुलाई नगद सहित विकास पत्रकारिता पुरस्कारद्धारा सम्मान गरेको हो ।  

Advertisement

जिल्ला समन्वय समिति म्याग्दीले स्थापना गरेको विकास पत्रकारिता पुरस्कारबाट जिल्लाका क्रियाशिल पत्रकार प्रताप बानियाँ, दलप्रसाद विश्वकर्मा(अमित) र राकेश शर्मालाई जनही नगद ११ हजार रुपियाँ र सम्मान पत्रले पुरस्कृत गरिएको जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख डिलकुमारी खत्रीले जानकारी दिनुभयो । 

संविधान सभा सदस्यहरु गोविन्द पौडेल, नवराज शर्मा, रेशमबहादुर बानियाँ, नरदेवी पुन, गण्डकी प्रदेश सभा सदस्य रेशमबहादुर जुग्जाली र जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख डिलकुमारी खत्री लगायतले नगद, प्रमाणपत्र र दोसल्ला ओडाएर पत्रकारलाई पुरस्कृत एवम् सम्मान गर्नुभएको थियो। 

बानियाँलाई आर्थिक वर्ष २०७८-०७९, विश्वकर्मालाई २०७९÷८० र शर्मालाई २०८०÷०८१, को पुरस्कार एकैपटक प्रदान गरिएको हो । पुरस्कृत हुनुहुने पत्रकारहरु जिल्ला र केन्द्रीय स्तरका विभिन्न सञ्चार माध्यममा एक दशक भन्दा लामो समयदेखि क्रियाशिल हुनुहुन्छ । 

नवीन सोच तथा प्रतिभाको प्रयोग गरी खोजमुलक र अनुसन्धानमुलक समाचार मार्फत जिल्लाको समग्र विकासमा योगदान पुर्‍याएकाे भन्दै पत्रकारहरुलाई नगदसहित सम्मान गरिएको जिल्ला समन्वय अधिकारी कमलप्रसाद आचार्यले बताउनुभयो । 

तत्कालिन समयमा जिल्ला विकास समितिले स्थापना गरेको. दुई लाख रुपियाँको कोषमा जिल्ला समन्वय समितिले एक लाख थपेर तीन लाख रुपियाँको विकास पत्रकारिता अक्षय कोष स्थापना गरिएको थियो । पत्रकारहरुबाट आवेदन संकलन गरेर लेखेका समाचार मूल्याङ्कन गरी छनौट समितिद्वारा उत्कृष्ट पत्रकारहरु छनौंट गरि पुरस्कृत गरिएको  जिल्ला समन्वय समितिका शाखा अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । 

२०७२ मा तत्कालिन जिल्ला विकास समितिले म्याग्दी जिल्लाको विकास पत्रकारिता अक्षयकोष कार्यविधि २०७२ बनाएर उक्त अक्षयकोषको ब्याजबाट प्रत्येक वर्षमा एक जना पत्रकारलाई विकास पत्रकारिता पुरस्कार प्रदान गरिँदै आएको छ । 

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP