२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

म्याग्दीमा कामदारको हत्या गर्ने दम्पत्ती पक्राउ

म्याग्दीमा एक दम्पत्ती मिलेर एक कामदारको हत्या गरेका छन् । जिल्लाको धवलागिरी गाउँपालिका–५,मल्कवाङमा श्रीमान श्रीमती मिलेर घरमा काम गर्ने कामदारको निमर्म हत्या गरेका हुन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेललेका अनुसार आफ्नै घरमा मजदुरी गर्ने ४६ बर्षको मनबहादुर दमाईको ५७ बर्षिय बलबहादुर दमाई र श्रीमती कर्मती दर्जीले हत्या गरी फालेका थिए ।

Advertisement

गत बैशाख २८ गते बेवारिसे शब भेटिएको स्थानीयले जानकारी गराएपछि इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरीको टोलीले मृतक मनबहादुरको शरीरमा बाउसोले प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । मृतक मनबहादुर अभियुक्त बलबहादुरको घरमा कामदारको रुपमा कार्यरत थिए । घटना घरमै घटाएर लगेर फालेको वा घटनास्थलमै प्रहार गरेको भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अभियुक्त बलबहादुर दम्पत्तीले शरीरका विभिन्न भागमा प्रहार गरी घरभन्दा करिब ७ सय मिटर तल लगेर फालेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक पौडेलको भनाई छ । अभियुक्त दम्पत्तीलाई जिल्ला अदालत म्याग्दीबाट म्याद थप गरी कर्तब्य ज्यान अन्तरगत मुद्दामा अनुसन्धान भइरहेको छ ।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०८२ जेष्ठ ३, शुक्रबार ०६:५४

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०८२ जेष्ठ ३, शुक्रबार ०६:५४

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०८२ जेष्ठ ३, शुक्रबार ०६:५४

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP