२०८३ श्रावण १३
July 29, 2026, Wednesday

अन्नपूर्णमा राज्यमन्त्री गर्बुजाद्धारा जनभेटघाट, विकास योजना अनुगमन

म्याग्दी ।
नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिंचाइ राज्य मन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’ले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा मंगलबार जभेटघाट तथा विकास योजनाहरु अनुगमन गर्नुभएको छ । अन्नपपूर्ण गाउँपालिका, वडा नं.३ दाना, वडा नं.४ चारच्याङको गाडपारमा आयोजना गरिएको बधाई तथा शुभकामना र सम्मान कार्यक्रममा बोल्दै राज्यमन्त्री गर्बुजाले जनताको आवश्यकताका आधार योजना बनाउन र जनताको गुनासो र सुझावहरु संकलन गर्न आफु जिल्लाको विभिन्न बस्तीहरुमा आएको बताउनुभयो ।

Advertisement

दानामा बोल्दै मन्त्री गर्बुजाले दानाका स्थानीयले राखेका वस्ती संरक्षण, खानेपानी र सडक निर्माण जस्ता योजनाहरुलाई अव आउने आर्थिक बर्षमा तत्काल आवश्यक भएका योजनाहरुमा बजेट आउने प्रतिबद्धता जनाउनुभयो । गाउँपालिकाको सभाहल पोखरेबगरमा आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका समेत रहनुभएका मन्त्री गर्बुजाले पर्यटनको विकासमा आफुले सक्ने सहयोग गर्ने बताउनुभयो ।

‘उहाँले वडा नं. ५ र पालिका जोड्ने सडक स्तोरोन्ती, घोडेपानी जाने सडकमा भएको सास्ती संगै पालिका भित्रका बस्ती संरक्षण र खानेपानी, अहिले सम्म विद्युत नपुगेको बस्तीहरुमा विद्युत पुराउने गरी बजेट व्यवस्थापन गर्नेछु ।’ मन्त्री गर्बुजाले भन्नुभयो ‘यस पालिका धेरै जलविद्युतका आयोजनाहरु छन् ती आयोजनाहरुले स्थानीय प्रभावित क्षेत्रमा गर्नुपर्ने कामहरु नगरेको गुनासो आएको बताउदै ति समस्याको बारेमा तत्काल समाधन हुने गरी काम गर्ने बताउनुभयो ।’

यसैबिच रघुगंगाको गाउँपालिका–३ राहुघाटको अम्वाङमा बन्न लागेको डाडाखेत सवस्टेशनको अनुगमन गर्दै मन्त्री गर्बुजाले सव स्टेशन निर्माण कार्य समयमा नै सक्क निर्देशन दिनुभएको छ । उहाँले आयोजना प्रमुख रोशन अग्रवाललाई केही समस्या भए आफुले सहजिकरण गर्ने बताउदै सव स्टेशन निर्माणलाई समयमा नै निर्माण सम्पन्न गर्न आग्रह गर्नुभयो । बेनी बजार संरक्षण आयोजना अनुगमन समेत गर्नुभएका गर्बुजाले आगामी बर्ष समेत संरक्षणका योजनाले निरन्तरता पाउने बताउनुभयो ।

यसैगरी उहाँले जिल्लाभित्र निर्माणाधिन जलविद्युत आयोजना बनेपछि जिल्ला र देशलाई ठुलो आर्थिक सहयोग पुग्ने बताउँदै समयमै सम्पन्न गर्नका लागि आफुले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । मन्त्री गर्बुजाले नदी कटान र बाढीका कारण हुने क्षती रोक्न नदी कटानको उच्च जोखिममा रहेका दरबाङ, तातोपानी बजार, बेनी बजार, गलेश्वर क्षेत्र, राममन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न नदी नियन्त्रणका आयोजना निर्माण भइरहेको र आगामी आर्थिक वर्षमा थप आयोजना संचालन हुने बताउनुभयो ।

राज्यमन्त्री संगै मन्त्रालय अन्तर्गत सिंचाइ विभागका डिडिजी सन्तोष कैनी, सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना प्रमुख विदुर श्रेष्ठ लगायतले सहभागि हुनुहुन्थ्यो । संविधान सभा सदस्य रेशमबहादुर बानियाँ, कांग्रेस म्यादीका उपसभापतिद्धय हरिकुमार श्रेष्ठ र केवी भण्डारी लगायत स्थानीय नेता तथा कार्यकर्ता लगायतले विभिन्न स्थानमा भएको कार्यक्रममा आफ्नो आधारणा राखेका थिए ।

Related News

जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
  • २०८३ श्रावण ११, सोमबार ०९:३३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, ऋषिनचौतारी निवासी प्रकाश केसीले आफ्नो जन्मदिनको अवसर पारेर गलेश्वरस्थित श्री गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग प्रदान...

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

TOP