२०८३ असार ४
June 18, 2026, Thursday

क्षत्री समाज म्याग्दीको अध्यक्षमा बानियाँ

क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति म्याग्दीको छैटौं जिल्ला अधिवेशनबाट अध्यक्षमा कृष्णसिङ बानियाँ चयन हुनुभएको छ । शनिवार सदरमुकाम बेनीबजारस्थित समाजको आफ्नै भवनमा सम्पन्न अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

Advertisement

अधिवेशनबाट समाजको निवर्तमान अध्यक्षमा लक्ष्मी केसी, वरिष्ठ उपाध्यक्षमा देवेन्द्रबहादुर घिमिरे, उपाध्यक्षमा सन्जु बरुवाल, महिला उपाध्यक्षमा कमला खत्री घर्ती क्षत्री, सचिवमा यामबहादुर बानियाँ, कोषाध्यक्षमा हिराबहादुर कटुवाल, सहसचिवमा सीता थापा कुँबर र सहकोषाध्यक्षमा पवित्रा बोगटी केसी चयन हुनुभएको निर्वाचन समितिका संयोजक मोहन बानियाँले जानकारी दिनुभयो । यसैगरी कार्यसमिति सदस्यहरुमा सुनिता केसी, लक्ष्मी भण्डारी कार्की, सुन्दर केसी, घनश्याम खड्का, नरसिङबहादुर खत्री, दिनेश बानियाँ, विनोद घर्ती, डम्बरबहादुर पाण्डे, भेषबहादुर बानियाँ, विशाल खत्री, मिनबहादुर बानियाँ, दिपेन्द्र न्यौपाने क्षत्री, रुविना कार्की, निशा खत्री बानियाँ, रश्मी भण्डारी कुँबर र विष्णु पाण्डे निर्वाचित हुनुभएको क्षत्री समाज म्याग्दीले जनाएको छ ।

Advertisement

नवनिर्वाचित अध्यक्ष बानियाँले प्रतिबद्धता व्यक्त गर्दै सबैलाई समेटेर समग्र क्षेत्री बन्धुहरुको हकहिकतका लागि काम गर्ने बताउनुभयो । यसअघि अधिवेशनको उद्घाटन गर्दै क्षत्री समाज नेपालका केन्द्रीय अध्यक्ष रिबबहादुर थापाले राज्यले क्षत्री समुदायलाई विभेद र अन्याय गर्नुका साथै पाखा लगाएर क्षत्रीहरुले उठाएका आवाजको सुनुवाइ नगरेको आरोप लगाउनुभयो । उहाँले क्षत्री समाजले उठाएको माग र मुद्दाको राज्यले वेवास्ता गरेकाले देशभर छरिएर रहेका क्षत्री बन्धुहरुको सङ्गठनलाई बलियो बनाउनुपर्ने आवश्यकता औंल्याउँदै आफ्नो हक तथा अधिकारको लागि अझै पनि लडन्पर्नेमा जोड दिनुभयो ।

क्षत्री समाज नेपालका केन्द्रीय महासचिव कृष्णबहादुर थापाले २०७२ सालमा जारी नेपालको संविधानमा क्षत्रीलाई अन्य जातिको सूचीमा राखेर अधिकारबाट बञ्चित गराउने काम भएको बताउँदै आरक्षण जातीय आधारमा नभई वर्गीय आधारमा हुनुपर्ने बताउनुभयो । उहाँले विगतमा क्षत्री समाजको आन्दोलनले देशलाई जातीय राज्यमा लैजानबाट जोगाएको बताउँदै नेपालका करिब ७० लाख क्षत्री जातिहरुको हक अधिकारको ग्यारेन्टीसहित आवश्यक सहुलियतको व्यवस्था गर्न माग गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्री, बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसी, क्षत्री महिला समाजका केन्द्रीय अध्यक्ष उर्मिला खड्का, क्षत्री समाजको गण्डकी प्रदेश अध्यक्ष ईन्द्रमान खत्री, केन्द्रीय सदस्य नवराज भण्डारी, पर्वतका अध्यक्ष सरस्वती भण्डारी, बागलुङ अध्यक्ष रुद्र महत, बेनी नगरपालिका वडानम्बर ७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठ, रघुगंगा गाउँपालिका–२, राखुभगवतीका वडाध्यक्ष अमृत भण्डारी, क्षत्री समाज म्याग्दीका संस्थापक अध्यक्ष एकेन्द्रबहादुर रावल, सदस्य क्याप्टेन टेकबहादुर जिसी, म्याग्दी प्रवासी नेपाली संघ मोनाका संस्थापक अध्यक्ष प्रकाश पुन, पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम र मुस्लिम समाजका अध्यक्ष रहमद खानले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

क्षत्री समाज म्याग्दीका निवर्तमान अध्यक्ष लक्ष्मी केसीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष कृष्णसिङ बानियाँको स्वागत र सचिव हिमबहादुर भण्डारीको सञ्चालनमा सम्पन्न उद्घाटनसत्रमा राष्ट्रिय लोकभजन चुट्का संरक्षण प्रतिष्ठान म्याग्दीका अध्यक्ष नेत्रबहादुर महत, क्षत्री महिला समाज म्याग्दीका अध्यक्ष सन्जु बरुवाल र सम्मानित व्यक्ति हिराबहादुर कटुवालले मन्तव्य व्यक्त गर्नुभएको थियो । अधिवेशनमा समाजका अध्यक्ष केसीले संस्थागत, सचिव भण्डारीले प्रगति र निवर्तमान कोषाध्यक्ष यामबहादुर बानियाँले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

अधिवेशनको अवसरमा क्षत्री समाज म्याग्दीले यसअघि विभिन्न समयमा सञ्चालन गरेको अभियानहरुमा आवश्यक सहयोग पु¥याएका क्षत्रीहरुलाई मायाको चिनोसहित सम्मान गरिएको थियो भने क्षत्री समुदायका निर्वाचित जनप्रतिनिधि र विभिन्न संघसंंस्थामा प्रतिनिधित्व गरेका क्षत्री बन्धुहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो । कार्यक्रममा कलाकारहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।

Related News

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
  • २०८३ असार ३, बुधबार १२:२६

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा...

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

TOP