२०८३ जेष्ठ २८
June 11, 2026, Thursday

सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्साभेटर चालकको मृत्यु

म्याग्दीको धवलागिरी गाउँपालिका –३ स्थित दरखोला जलविद्युत आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर मंगलवार एक जनाको मृत्यु भएको छ ।

Advertisement

निर्माणाधीन जलविद्युत आयोजनाको पाइपलाइनका लागि कुनौटो देखि – शोलबाङ मोटरबाटो खन्ने क्रममा मंगलबार बिहान करिब ९ बजेको समयमा भीरमाथीबाट अचानक खसेको सुख्खा पहिरोमा पुरिएर रोजनी एण्ड रोशनी निर्माण सेवा प्रालिको नाममा रहेको प्रदेश नम्बर २–०३–००१ (क) १५८८ नम्बरको एक्साभेटरका चालक अन्दाजी ३३ वर्षीय खेमराज कुमैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

Advertisement

स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका– ८, घर भएका एक्साभेटर चालक कुमैको शव एकसाभेटरभित्रै च्यापिएको अवस्थामा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सागर पौडेलका अनुसार घटनापछि प्रहरी र स्थानीयबासीले एक्साभेटर चालकको शब पहिरोबाट बाहिर निकालेका थिए ।

मोटरबाटो खन्दै गरेको समयमा अचानक माथिबाट खसेको पहिरोले एक्साभेटर समेत पूर्ण रुपमा क्षति भएको छ । दरखोला हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको ६ दशमलब ५ मेगावाट क्षमताको दरखोला जलविद्युत आयोजनाले पेनस्टक पाइप राख्नका लागि अहिले लाम्पुस भिरमा सडक निर्माण गरिरहेको छ ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP