म्याग्दीको धवलागिरी गाउँपालिका –३ स्थित दरखोला जलविद्युत आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर मंगलवार एक जनाको मृत्यु भएको छ ।
निर्माणाधीन जलविद्युत आयोजनाको पाइपलाइनका लागि कुनौटो देखि – शोलबाङ मोटरबाटो खन्ने क्रममा मंगलबार बिहान करिब ९ बजेको समयमा भीरमाथीबाट अचानक खसेको सुख्खा पहिरोमा पुरिएर रोजनी एण्ड रोशनी निर्माण सेवा प्रालिको नाममा रहेको प्रदेश नम्बर २–०३–००१ (क) १५८८ नम्बरको एक्साभेटरका चालक अन्दाजी ३३ वर्षीय खेमराज कुमैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका– ८, घर भएका एक्साभेटर चालक कुमैको शव एकसाभेटरभित्रै च्यापिएको अवस्थामा फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सागर पौडेलका अनुसार घटनापछि प्रहरी र स्थानीयबासीले एक्साभेटर चालकको शब पहिरोबाट बाहिर निकालेका थिए ।
मोटरबाटो खन्दै गरेको समयमा अचानक माथिबाट खसेको पहिरोले एक्साभेटर समेत पूर्ण रुपमा क्षति भएको छ । दरखोला हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको ६ दशमलब ५ मेगावाट क्षमताको दरखोला जलविद्युत आयोजनाले पेनस्टक पाइप राख्नका लागि अहिले लाम्पुस भिरमा सडक निर्माण गरिरहेको छ ।
६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...
आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...
म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...