२०८३ बैशाख १७
April 30, 2026, Thursday

झिँ का कृषकहरुलाई रैथाने बाली उत्पादन तथा ब्राण्डिङ गर्न औजार वितरण

बेनी, । म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ झिँका कृषकहरुलाई परम्परागत बाली जौँ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ परियोजना मार्फत अनुदानमा कृषि औजार वितरण गरिएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रवद्र्धन साझेदारी कार्यक्रमअन्तर्गत झिँमा परम्परागत जौँ र उवा बालीको व्यावसायिक खेतीको विकास र किसानको आयआर्जन वृद्धिमा सहयोग पु¥याउने उद्देश्यले सञ्चालन भएको परियोजना मार्फत मंगलबार ६७ जनालाई कृषि औजार वितरण गरिएको हो । ३० वटा मिनिटेलर हलो, १८ वटा थ्रेसर मेसिन, १९ वटा कम्बाइन मेसिन वितरण गरिएको रघुगङ्गा गाउँपालिकाको कृषि अधिकृत दिपकराज जोशीले जानकारी दिनुभयो ।

Advertisement

थप ८२ वटा जौ, उवा र कोदो तथा घाँस काट्ने ब्रस कटर, एक सेट कुकीज उत्पादन गर्ने मेसिन, एक सय ६६ थान त्रिपाल, एक सय वटा तीन सय किलोग्राम तौल क्षमताको मेटल बिन, सिचाईका लागि २० एम।एमको चार हजार तीन सय ६४ मिटर, २५ एम।एमको एक हजार पाँच सय, ३२ एम।एमको चार हजार दुई सय र ४० एमएमको दुई सय मिटर पाइप वितरण गर्ने क्रममा रहेको उहाँले जानकारी दिनुभयो ।

Advertisement

रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी, वडा अध्यक्ष मनबहादुर शेरमन्जा र कृषि अधिकृत जोशीले कृषि औजार वितरण गर्नुभएको थियो । लोप हुँदै गएको परम्परागत जौँ र उवा बालीको संरक्षण गरी विभिन्न खाद्य परिकार बनाएर बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको परियोजना मार्फत जौँ र उवाको उत्पादसँगै किसानलाई गाउँमै आम्दानीको अवसर सिर्जना हुने गाउँपालिकाका अध्यक्ष भण्डारीले बताउनुभयो ।
परियोजनामार्फत झिँका दुई सय ८३ परिवार कृषक लाभान्वित हुनेछन् । तीन सय रोपनी क्षेत्रफल जमिनमा जौँ र उवाखेती विस्तार भएको । परियोजनामार्फत जौँ र उवा प्रशोधन गरेर कुकिज र बिस्कुट उत्पादन गर्ने उद्योग सञ्चालन गर्न लागिएको वडा अध्यक्ष शेरमञ्जाले बताउनुभयो ।

किसानलाई सूचीकरण गरी परम्परागत जौँ र उवा बालीको महत्वबारे जानकारी गराई खेती प्रबिधी सम्बन्धी तालिम समेत दिइएको थियो । झिँका होटल र होमस्टेमा जौँ र उवाको परिकार बनाउने सीप हस्तान्तरणका लागि तालिम सञ्चालन भएको थियो । प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले कृषि औजार र सामग्रीको प्रयोग गरि जौ र उवाको उत्पादन वृद्धि गरि आयआर्जनमा अग्रसर हुन आग्रह गर्नुभयो ।

पोसिलो खाद्यान्न जौँ र उवाको पछिल्लो समय खेती घटेको छ । आगामी २०८२ जेठभित्र परियोजना सञ्चालन हुनेछ । जौँ हिन्दु धर्मावलम्बीहरूको र जौँको सातु बौद्ध धर्मावलम्बीहरूको धार्मिककार्यमा अनिवार्य मानिन्छ । जौँको आँटो, पिठोको ढिँडो र सातु बनाएर उपभोग गर्न सकिन्छ । उवालाई भुटेर खाजा खाने गरिन्छ । सुक्खा र खडेरी सहने जौँ पहाडी र हिमाली क्षेत्रको मुख्य खाद्यबाली हो । युरोपका देशमा जौँबाट रोटी, पाउरोटी, बियरलगायत बनाउने बताइएको छ ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८२ जेष्ठ १४, मंगलवार १७:२९

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८२ जेष्ठ १४, मंगलवार १७:२९

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८२ जेष्ठ १४, मंगलवार १७:२९

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP