Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

अन्नपूर्ण म्याराथन दौड प्रतियोगितामा कुशल पुर्जा प्रथम

अन्नपूर्ण हीरक महोत्सवको अवसरमा आयोजना गरिएको अन्नपूर्ण म्याराथन प्रतियोगितामा कुशल पुर्जा प्रथम हुनुभएको छ । अन्नपूर्ण गाउँपालिका ७ घराम्दीका २४ वर्षीय पुर्जाले दुई घण्टा ४७ मिनेट ३७ सेकेन्डमा करिब ३६ किलोमिटर दूरी पार गरेर अन्नपूर्ण म्याराथन दौड प्रतियोगिताको उपाधि हासिल गर्नुभएको हो ।

Advertisement

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरबाट बिहान ६ः३० बजे म्याराथन दौड प्रतियोगिता सुरु भएको थियो । यसैगरी, अन्नपूर्ण गाउँपालिका ६ घारका २४ वर्षका लोकबहादुर बरुवालले २ घण्टा ५२ मिनेट ५१ सेकेन्ड लगाएर द्तिीय र सोही वडाका सञ्जयबहादुर बरुवालले तीन घण्टा आठ मिनेट ३६ सेकेन्डमा दूरी पार गरेर तृतीय हुनुभयो ।

Advertisement

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पुगेको अवसरमा म्याराथन दौड प्रतियोगिताको आयोजना गरिएको म्याराथन दौड प्रतियोगिताका व्यवस्थापन संयोजक इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार आधार शिविरबाट सुरु भएको दौड भुस्केटमेला, गुफाफाँट, फुतफुते झरना, हुमखोला, छोटेपा, मालारानी, बाँस्कोट हुँदै नारच्याङको बेंसी गाउँसम्म आएर समापन गरिएको छ । प्रतियोगितामा ४० जना धावकहरुले सहभागी जनाएका थिए । अन्य धावकहरु भने आउने क्रममा रहेका छन् ।

नारच्याङको बेँसी गाउँदेखि सुरु हुने मौरिस हर्जोग पदमार्गलाई विश्वव्यापी रुपमा प्रचारप्रसार गर्ने उद्देश्यले म्याराथन दौड प्रतियोगिता आयोजना गरिएको पालिका अध्यक्ष भारतकुमार  पुनले बताउनुभयो ।

म्याराथन दौड प्रतियोगितामा जिल्ला भित्रका स्थानीय तहबाट मात्र सहभागी थिए । अन्नपूर्ण गाउँपालिका भित्र रहेका प्रत्येक वडाबाट पाँच/पाँच जना र अन्य स्थानीय तहबाट दुई/दुईजनाका दरले सहभागी भएका छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीय ३० हजार र तृतीयलाई २० हजार रुपियाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने म्याराथन प्रतियोगिता व्यवस्थापन संयोजक शेरचनले जानकारी दिनुभयो । नारच्याङमा आयोजना गरिएको अन्नपूर्ण हीरक महोत्सवको मुल कार्यक्रमा विजेताहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुहुने छ ।

यही जेठ १६–२२ सम्म विभिन्न कार्यक्रमका साथमा अन्नपूर्ण हीरक महोत्सवको आयोजना गरिएको छ । कार्यक्रममा आज प्रधानमन्त्री केपी शर्मा ओली आउदै हुनुहुन्छ ।

अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण संघ, एक्याप र स्थानीय पर्यटन व्यवस्थापन समितिको अगुवाईमा अन्नपूर्ण हीरक महोत्सव आयोजना गरिएको छ । 

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!