२०८३ श्रावण १३
July 29, 2026, Wednesday

अन्नपूर्ण म्याराथन दौड प्रतियोगितामा कुशल पुर्जा प्रथम

अन्नपूर्ण हीरक महोत्सवको अवसरमा आयोजना गरिएको अन्नपूर्ण म्याराथन प्रतियोगितामा कुशल पुर्जा प्रथम हुनुभएको छ । अन्नपूर्ण गाउँपालिका ७ घराम्दीका २४ वर्षीय पुर्जाले दुई घण्टा ४७ मिनेट ३७ सेकेन्डमा करिब ३६ किलोमिटर दूरी पार गरेर अन्नपूर्ण म्याराथन दौड प्रतियोगिताको उपाधि हासिल गर्नुभएको हो ।

Advertisement

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरबाट बिहान ६ः३० बजे म्याराथन दौड प्रतियोगिता सुरु भएको थियो । यसैगरी, अन्नपूर्ण गाउँपालिका ६ घारका २४ वर्षका लोकबहादुर बरुवालले २ घण्टा ५२ मिनेट ५१ सेकेन्ड लगाएर द्तिीय र सोही वडाका सञ्जयबहादुर बरुवालले तीन घण्टा आठ मिनेट ३६ सेकेन्डमा दूरी पार गरेर तृतीय हुनुभयो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पुगेको अवसरमा म्याराथन दौड प्रतियोगिताको आयोजना गरिएको म्याराथन दौड प्रतियोगिताका व्यवस्थापन संयोजक इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । उहाँका अनुसार आधार शिविरबाट सुरु भएको दौड भुस्केटमेला, गुफाफाँट, फुतफुते झरना, हुमखोला, छोटेपा, मालारानी, बाँस्कोट हुँदै नारच्याङको बेंसी गाउँसम्म आएर समापन गरिएको छ । प्रतियोगितामा ४० जना धावकहरुले सहभागी जनाएका थिए । अन्य धावकहरु भने आउने क्रममा रहेका छन् ।

नारच्याङको बेँसी गाउँदेखि सुरु हुने मौरिस हर्जोग पदमार्गलाई विश्वव्यापी रुपमा प्रचारप्रसार गर्ने उद्देश्यले म्याराथन दौड प्रतियोगिता आयोजना गरिएको पालिका अध्यक्ष भारतकुमार  पुनले बताउनुभयो ।

म्याराथन दौड प्रतियोगितामा जिल्ला भित्रका स्थानीय तहबाट मात्र सहभागी थिए । अन्नपूर्ण गाउँपालिका भित्र रहेका प्रत्येक वडाबाट पाँच/पाँच जना र अन्य स्थानीय तहबाट दुई/दुईजनाका दरले सहभागी भएका छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीय ३० हजार र तृतीयलाई २० हजार रुपियाँ नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने म्याराथन प्रतियोगिता व्यवस्थापन संयोजक शेरचनले जानकारी दिनुभयो । नारच्याङमा आयोजना गरिएको अन्नपूर्ण हीरक महोत्सवको मुल कार्यक्रमा विजेताहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुहुने छ ।

यही जेठ १६–२२ सम्म विभिन्न कार्यक्रमका साथमा अन्नपूर्ण हीरक महोत्सवको आयोजना गरिएको छ । कार्यक्रममा आज प्रधानमन्त्री केपी शर्मा ओली आउदै हुनुहुन्छ ।

अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण संघ, एक्याप र स्थानीय पर्यटन व्यवस्थापन समितिको अगुवाईमा अन्नपूर्ण हीरक महोत्सव आयोजना गरिएको छ । 

Related News

जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
  • २०८३ श्रावण ११, सोमबार ०९:३३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, ऋषिनचौतारी निवासी प्रकाश केसीले आफ्नो जन्मदिनको अवसर पारेर गलेश्वरस्थित श्री गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग प्रदान...

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

TOP