२०८३ भाद्र २
August 18, 2026, Tuesday

म्याग्दी क्याम्पसका तिन सय विद्यार्थीले पाए निःशुल्क विद्युतीय चुलो

म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत तिन सय जना विद्यार्थीलाई निःशुल्क विद्युतीय इन्डक्सन चुलो वितरण गरिएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’को पहलमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको अनुदानमा खरिद गरिएको चुलो क्याम्पसमा अध्ययन गर्ने जेहेन्दार तथा गरिब –कम आए) भएका विद्यार्थीहरुलाई वितरण गरिएको हो । 

Advertisement

म्याग्दी क्याम्पसको स्ववियु समन्वयमा क्याम्पसमा भएको कार्यक्रममा क्याम्पस सञ्चालक समिति अध्यक्ष दिपेन्द्र श्रेष्ठ, उपाध्यक्ष प्रेमबहादुर कार्की, क्याम्पस प्रमुख श्रीधर सुवेदी, स्ववियु सभापति सङ्गम चोखाल क्षेत्री लगायतले विद्यार्थीलाई चुलो वितरण गर्नुभएको थियो । 

स्ववियु सभापती चोखालका अनुसार पहिलो चरणमा आर्थिक रूपमा कमजोेर र दुर्गम क्षेत्रका विद्यार्थीलाई वितरण गरिएको छ । चुलो वितरण गर्दैै अध्यक्ष श्रेष्ठले ग्रामिण भेगबाट आएर बेनीमा बसेर क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई सहयोग पुग्ने बताउनुभयो । 

चुलो ल्याउन सहयोग गर्ने राज्यमन्त्री गर्बुजालाई धन्यवाद व्यक्त गर्दै म्याग्दी क्याम्पससँगै मङ्गला शिक्षा क्याम्पसका सबै विद्यार्थीलाई चुलो उपलब्ध गराउन सहयोग गर्न राज्यमन्त्री गर्बुजासँग छलफल भइरहेको बताउनुभयो । 

जिल्लाको दुर्गम धवलागिरी गाउँपालिका–४,मुदी बगरका शेरबहादुर सुनार र सोही गाउँपालिका–५, मराङकी रोजीना सुवेदीले ग्यासको तुलनामा धेरै सस्तो हुने भएकोले इन्डक्सन चुलोले आफूहरूलाई सहज हुने बताउनुभयो । यसले समय संगै पैसाको पनि बचत हुने बताउनुभयो । क्याम्पसमा एक हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP