२०८३ श्रावण ११
July 27, 2026, Monday

अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य सुरु भएको छ ।

Advertisement

अपर म्याग्दी हाईड्रोपावर लि.ले प्रवद्र्धन गरेकोे आयोजनाको पावरहाउन तर्फको सुरुङ खन्ने काम गाउँपालिका अध्यक्ष बेग प्रसाद गर्बुजाले उद्घाट गरी सुरु गर्नुभएको हो । आयोजना प्रमुख ज्योती कुमार केसीका अनुसार वि.स.२०८३ फागुन सम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्यसहित अन्य कामलाई समेत तीव्रता दिएकोछ । उहाँका अनुसार आयोजनामा अहिलेसम्म २४.४५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । भने २१.४८ प्रतिशत वित्तीय प्रगती गरेको छ ।

सानिमा बैंकको नेतृत्वमा छ वटा बैंकको ऋण, प्रवद्र्धक कम्पनी र सर्वसाधारणको सेयरमार्फत् जुटाइने ११ अर्ब २३ करोड २७ लाख छ हजार रुपियाँ लगानीमा निर्माण हुने आयोजनाको विद्युतगृह मालिका गाउँपालिका–७ भारवाङमा रहनेछ ।

भारवाङदेखि एक दशमलब पाँच किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन बनाएर नेपाल विद्युत प्राधिकरणले मालिका गाउँपालिका–७ डाँडाखेतमा निर्माण गरिरहेको एक सय ३२ केभी क्षमताको सवस्टेसनबाट यस आयोजनाबाट वार्षिक औसत तीन सय १५ दशमलव ०१ गिगावाट घण्टा विद्युत् केन्द्रीय लाइनमा जोडिनेछ ।

रन अफ द रिभर प्रकृतिको आयोजनाको आउटलेटदेखि विद्युतगृहको उचाइ १९६ मिटर छ । आउटलेटबाट पानीलाई विद्युतगृहमा खसाल्न छ सय ९२ मिटर पेनस्टक पाइप जडान गरिनेछ । हाल सम्म जम्मा १ हजार ३४७.२१ मिटर सुरुङ निर्माण भएको यो आयोजनाको सुरुङको अहिले सम्म २३.२६ प्रतिशत निर्माण भएको छ ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP