२०८२ जेष्ठ ३०
June 12, 2025, Thursday

अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य सुरु भएको छ ।

Advertisement

अपर म्याग्दी हाईड्रोपावर लि.ले प्रवद्र्धन गरेकोे आयोजनाको पावरहाउन तर्फको सुरुङ खन्ने काम गाउँपालिका अध्यक्ष बेग प्रसाद गर्बुजाले उद्घाट गरी सुरु गर्नुभएको हो । आयोजना प्रमुख ज्योती कुमार केसीका अनुसार वि.स.२०८३ फागुन सम्ममा विद्युत् उत्पादन गर्ने लक्ष्यसहित अन्य कामलाई समेत तीव्रता दिएकोछ । उहाँका अनुसार आयोजनामा अहिलेसम्म २४.४५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ । भने २१.४८ प्रतिशत वित्तीय प्रगती गरेको छ ।

Advertisement

सानिमा बैंकको नेतृत्वमा छ वटा बैंकको ऋण, प्रवद्र्धक कम्पनी र सर्वसाधारणको सेयरमार्फत् जुटाइने ११ अर्ब २३ करोड २७ लाख छ हजार रुपियाँ लगानीमा निर्माण हुने आयोजनाको विद्युतगृह मालिका गाउँपालिका–७ भारवाङमा रहनेछ ।

भारवाङदेखि एक दशमलब पाँच किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन बनाएर नेपाल विद्युत प्राधिकरणले मालिका गाउँपालिका–७ डाँडाखेतमा निर्माण गरिरहेको एक सय ३२ केभी क्षमताको सवस्टेसनबाट यस आयोजनाबाट वार्षिक औसत तीन सय १५ दशमलव ०१ गिगावाट घण्टा विद्युत् केन्द्रीय लाइनमा जोडिनेछ ।

रन अफ द रिभर प्रकृतिको आयोजनाको आउटलेटदेखि विद्युतगृहको उचाइ १९६ मिटर छ । आउटलेटबाट पानीलाई विद्युतगृहमा खसाल्न छ सय ९२ मिटर पेनस्टक पाइप जडान गरिनेछ । हाल सम्म जम्मा १ हजार ३४७.२१ मिटर सुरुङ निर्माण भएको यो आयोजनाको सुरुङको अहिले सम्म २३.२६ प्रतिशत निर्माण भएको छ ।

Related News

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
  • २०८२ जेष्ठ २५, शनिबार १७:०६

६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...

म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
  • २०८२ जेष्ठ २५, शनिबार १७:०६

आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...

म्याग्दी क्याम्पसका तिन सय विद्यार्थीले पाए निःशुल्क विद्युतीय चुलो
म्याग्दी क्याम्पसका तिन सय विद्यार्थीले पाए निःशुल्क विद्युतीय चुलो
  • २०८२ जेष्ठ २५, शनिबार १७:०६

म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत तिन सय जना विद्यार्थीलाई निःशुल्क विद्युतीय इन्डक्सन चुलो वितरण गरिएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ...

TOP