२०८३ आश्विन १
September 17, 2026, Thursday

म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट

आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ । म्याग्दीबाट निर्वाचित प्रतिनिधीसभा सदस्य समेत रहेका उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री खमबहादुर (खम्बिर)ले सडक, नदी नियन्त्रण, खानेपानी, झोलुङ्गे पुल, बस्ती विकास सम्बन्धी योजनाका लागि विभिन्न शिर्षकमा अर्बको हाराहारीमा बजेट भित्राएका छन् ।

Advertisement

नीति तथा कार्यक्रम प्रस्तुत भएपछि राज्यमन्त्रीको सपथ खाएका गर्बुजाले अन्तिम चरणमा भएपनि म्याग्दीमा आफ्नो मन्त्रालय मातहतबाट विभिन्न शिर्षकमा बजेट विनियोजन गर्न सफल भएको प्रमुख स्वकिय सचिव श्रीप्रसाद रोकाले बताए ।

उनका अनुसार सदरमुकाम बेनीबजार तटबन्ध निर्माणको लागि, खहरेखोला–छिस्बाङ–खोप्ती –दरबाङ सडक, सिमलचौर–मिथौला–कुकुर विसौना–पुर्णगाउँ सडक स्तरोन्नती, रुन्मा–मगरदाङ–जुग्जा सडक स्तरोन्नती, पात्लेखोला–नेपाने–मौवाफाँट–बान्द्रे जोद्रेघाट पुल, चिप्लो पहिरो–दग्नाम –दर्मिजा–चिमखोला–घ्यासीखर्क सडक, तोरीपानी– दावा –धोलथान सडक, लमसुङ–लुलाङ–गुर्जा सडक योजनालाई प्रति आयोजना तीन करोड बजेट विनियोजन भएको छ ।
बृहत घोप्टेखोला खानोपानी खानेपानी आयोजना,बृहत पिप्ले खानेपानी आयोजना, बेनी बजार खानेपानी आयोजना, रत्नचौर ज्यामरुककोट–भकिम्ली–बरङ्जा सडक (पुरानो क्रमागत योजना)लाई तीन करोड विनियोजन भएको स्वकीय सचिव रोकाको भनाई छ ।

त्यस्तै बृहत चिमखोला–भगवती खानेपानी आयोजनालाई चार करोड, ढोवा पोखरेबगर खानेपानी आयोजनालाई २५ लाख,अन्नपुर्ण गाउँपालिका–२, ३ र ४ का विभिन्न ठाउँमा कालीगण्डकी र सहायक नदी नियन्त्रण योजनालाई पाँच करोड, रघुगंगा–४ मा विभिन्न ठाउँमा पहिरो नियन्त्रण तथा रोकथाम आयोजनालाई चार करोड, जलस्रोत संरक्षण आयोजनालाई ७० लाख, एकिकृत नदी बेसीन सिंचाइ तथा जलस्रोत व्यवस्थापन अन्तर्गत विभिन्न योजनालाई आठ करोड, बजार तथा बस्ती संरक्षण अन्तर्गत विभिन्न आयोजनालाई ९ करोड, पहिरो व्यवस्थापनका लागि विभिन्न ठाउँमा तटबन्ध निर्माणका लागि तीन करोड ५० लाख लगायत रहेको राज्यमन्त्री गर्बुजाको सचिवालयले जनाएको छ ।

आगामी आर्थिक वर्षका लागि थप अन्य मन्त्रालयबाट विभिन्न शिर्षकका आयेजनालाई बजेट विनियोजन भएको राज्यमन्त्री गर्बुजाले बताए । ‘विकास निर्माणका लागि अझै धेरै योजना ल्याउने तयारी भइरहेको छ, म्याग्दीका सबै वडालाई जोड्ने गरी विभिन्न योजनामा काम भइरहेको छ’ राज्यमन्त्री गर्बुजाले भने ।

उनका अनुसार हाल विभिन्न योजनामा एक अर्ब विनियोजन भएको छ भने विभिन्न मन्त्रालयमा समेत म्याग्दीका योजनाहरूमा बजेट माग गरिएकाले यो क्रम बढ्ने बताए। राज्यमन्त्री गर्बुजाले सिमित स्रोतसाधन तथा बजेटको सिमाभित्र अधिकतम प्रयासबाट यो नजिता आएको बताए ।

उनले आफ्नो मन्त्रालयबाट नियमित कार्यक्रमहरूका साथै विद्युत र सिचाईमा दिर्घकालिन योजनाहरू बनाउने काम भइरहेको बताए । राज्यमन्त्री गर्बुजाले प्रदेश सरकारमा सिफारिस र हस्तान्तरण भएका योजनाहरुको बजेटको विवरणमार्फत पनि म्याग्दीमा सम्बोधन हुने बताए ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP