२०८३ असार १०
June 24, 2026, Wednesday

रघुगंगा गाउँपालिकाको ५० करोड बजेट पारित

म्याग्दीको रघुगंगा गाउँपालिकाको आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम एवम् १९ औं गाउँसभा ५० करोडको बजेट पारित भएको छ । बिहिबार आयोजित गाउँसभामा अध्यक्ष भवबहादुर भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भएसँगै उपाध्यक्ष प्रेमकुमारी पुनले आगामी आर्थिक वर्षका लागि ५० करोड ११ लाख ४० हजार ८ सय २० रुपैयाँको बजेट पारित भएको हो ।

Advertisement

गाउँपालिका उपाध्यक्ष पुनले आन्तरिक राजस्व एक करोड पाँच लाख, चालु आर्थिक वर्षबाट खर्च नभएर बाँकी रहने दुई करोड ५५ लाख, गरी आन्तरिक आयतर्फ तीन करोड ६० लाख प्रस्ताव गरेकी थिइन् ।

Advertisement

संघीय सरकार, प्रदेश सरकार तथा आन्तरिक आय गरी उक्त बजेट ल्याएको उपाध्यक्ष पुनको भनाई छ । रघुगंंगा गाउँपालिकाले नीति तथा कार्यक्रममार्फत महिलालाई उद्योग दर्ता निशुल्क, कृषिका साम्रागी खरिदमा ७५ प्रतिशतसम्म अनुदान, पशुपालन, पर्यटन, विकास निर्माण, शिक्षालाई गुणस्तरीय बनाउने विभिन्न कार्यक्रमहरुमार्फत स्वरोजगारमुलक गतिविधिलाई प्राथमिकता दिएको छ ।

गाउँपालिकाको प्रशासकीय भवन, वडा कार्यालयको भबन, उद्यमशिलता, बेरोजगारलाई रोजगारमुलक कार्यक्रमहरुका साथै किसानको बर्गिकरण गरी परिचय पत्र वितरण समेत गरिने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले बताए । गाउँपालिकाले चालु खर्चतर्फ ३७ करोड ६७ लाख ६० हजार आठसय २० र पुँजीगततर्फ १२ करोड ४३ लाख ८० हजार बजेट प्रस्ताव गरिएको छ ।

Related News

समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
  • २०८३ असार ९, मंगलवार १६:४७

म्याग्दीको बेनी नगरपालिकाको नगरसभामा वडा नम्बर ७ वडा सदस्य तथा सुशासन उपसमिति संयोजक सोहन श्रेष्ठ (विश्वास)ले पारदर्शिता, गुणस्तरीय सेवा प्रवाह,...

म्याग्दीको मंगलामा ४६ करोड ५० लाख वढिको बजेट पारित
म्याग्दीको मंगलामा ४६ करोड ५० लाख वढिको बजेट पारित
  • २०८३ असार ९, मंगलवार १६:००

म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४६ करोड ५० लाख १८ हजार ७ सय ५९ रुपैयाँको बजेट...

बेनी नगरपालिकाको बजेट ७५ करोड
बेनी नगरपालिकाको बजेट ७५ करोड
  • २०८३ असार ९, मंगलवार १५:५४

म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ७५ करोड ५२ लाख ७५ हजार रुपियाँको प्रस्तावित बजेट पारित गरेको छ ।...

TOP