२०८३ श्रावण ११
July 27, 2026, Monday

रघुगङ्गाको गाउँसभामा उत्कृष्ट कर्मचारी सम्मानित

म्याग्दीको रघुगंगा गाउँपालिकाले तीन जना कर्मचारीलाई सम्मान गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न १९ औं गाउँ सभाको अवसरमा गाउँपालिकाले उत्कृष्ट कार्य सम्पादन गर्ने तीन जना कर्मचारीलाई नगद सहित सम्मान गरेको हो ।

Advertisement

गाउँपालिकाले लेखा अधिकृत अर्जुन गौतम, वडा नम्बर ७ का सचिब एवंम प्राविधिक सुमन बहादुर बुढाथोकी मगर र महेन्द्र आयुर्वेद औषधालयका कबिराज निरिक्षक लक्ष्मण शर्मा चालिसेलाई जनही नगद रु २० हजार सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुन र प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले उत्कृष्ट घोषित हुनुभएका कर्मचारहिरुलाई सम्मान गर्नुभएको थियो ।

गाउँपालिकाले सदाचारिता, नैतिकता, मितव्ययिता, प्रभाबकारीता र कुशलता झल्कने गरी कार्य गर्ने कर्मचारीलाई ‘गाउँपालिका उत्कृष्ट कर्मचारी’ पुरस्कारबाट पुरस्कृत गर्ने गाउँपालिकाको नीति बमोजिम कार्यसम्पादको मुल्यांकन गरेर पुरस्कृत गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP