२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

रघुगङ्गाको गाउँसभामा उत्कृष्ट कर्मचारी सम्मानित

म्याग्दीको रघुगंगा गाउँपालिकाले तीन जना कर्मचारीलाई सम्मान गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न १९ औं गाउँ सभाको अवसरमा गाउँपालिकाले उत्कृष्ट कार्य सम्पादन गर्ने तीन जना कर्मचारीलाई नगद सहित सम्मान गरेको हो ।

Advertisement

गाउँपालिकाले लेखा अधिकृत अर्जुन गौतम, वडा नम्बर ७ का सचिब एवंम प्राविधिक सुमन बहादुर बुढाथोकी मगर र महेन्द्र आयुर्वेद औषधालयका कबिराज निरिक्षक लक्ष्मण शर्मा चालिसेलाई जनही नगद रु २० हजार सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

Advertisement

कार्यक्रममा गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुन र प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले उत्कृष्ट घोषित हुनुभएका कर्मचारहिरुलाई सम्मान गर्नुभएको थियो ।

गाउँपालिकाले सदाचारिता, नैतिकता, मितव्ययिता, प्रभाबकारीता र कुशलता झल्कने गरी कार्य गर्ने कर्मचारीलाई ‘गाउँपालिका उत्कृष्ट कर्मचारी’ पुरस्कारबाट पुरस्कृत गर्ने गाउँपालिकाको नीति बमोजिम कार्यसम्पादको मुल्यांकन गरेर पुरस्कृत गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०८२ असार ६, शुक्रबार ०३:३१

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०८२ असार ६, शुक्रबार ०३:३१

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०८२ असार ६, शुक्रबार ०३:३१

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP