२०८३ असार ११
June 25, 2026, Thursday

धवलागिरी गाउँपालिकाको बजेट ४६ करोड ५६ लाख

म्याग्दीको धवलागिरी गाउँपालिकाले आगामी आर्थिक वर्षका २०८२\०८३ का लागि ४६ करोड ५६ लाख ६ हजार पाँचसय ६३ रुपियाँको बजेट ल्याएको छ ।सोमबार गाउँपालिका केन्द्र मुनामा भएको २४ औं गाउँसभामा अध्यक्ष प्रेमप्रसाद पुनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र उपाध्यक्ष रेशम पुनले अनुमानित वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

Advertisement

गाउँसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रम र बजेट सोमबार नै सभाबाट पारित समेत भएको छ ।गाउँपालिकाले संघीय सरकारबाट राजश्व बाँडफाँड दश करोड २१ लाख उन्नाइस हजार पाँचसय ६३,वित्तिय समानीकरण अनुदान ९ करोड दश लाख रुपियाँ, सर्शत अनुदान १९ करोड ३२ लाख, सर्शत अनुदान पूँजीगत तर्फ ३३ लाख, विशेष अनुदान ६९ लाख र समपुरक अनुदान एक करोड ४० लाख रुपियाँ प्राप्त हुने बजेटमा अनुमान गरिएको छ ।

Advertisement

यसैगरी गण्डकी प्रदेश सरकारबाट राजश्व बाँडफाँड एक करोड १० लाख ३२ हजार,वित्तिय समानीकरण अनुदान ९३ लाख ५५ हजार,विशेष अनुदान ४० लाख,समपुरक अनुदान ६० लाख,सर्शत अनुदान दुई लाख,आन्तरिक आम्दानी ४५ लाख र सञ्चित कोषमा रहने अनुमानित दुईकरोड रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै, आर्थिक विकास तर्फ कृषि,पशुपंक्षी,सहकारी र पर्यटन क्षेत्रको विकासका लागि ५२ लाख,शिक्षा र खेलकुदमा ३५ लाख,खानेपानीका लागि नेपाल स्वास्थ्यका लागि पानी कार्यक्रमसँग साझेदारी सहित ४५ लाख र सामाजिक विकास तर्फ २३ करोड २१ लाख ९० हजार प्रस्ताव गरिएको छ ।

यसैगरी पूर्वाधार तर्फ दश करोड ९५ लाख र संस्थागत विकास सेवा प्रवाह तथा सुशासन तर्फ ११ करोड ३४ लाख ६१ हजार पाँचसय ६३ रुपियाँ विनियोजन गरिएको छ ।वन वातावरण तथा विपद् व्यवस्थापन तर्फ ५२ लाख,संस्थागत विकास सेवा प्रवाह र सुशासन तर्फ ११ करोड ३४ लाख ६१ हजार पाँचसय ६३ रुपियाँ बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेटमा पर्यटन,कृषि,सामाजिक विकास र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ ।एक वडा एक उत्पादन,उत्पादनमा युवा प्रोत्साहन कार्यक्रम,एक वडा एक पर्यटन परियोजना,दिर्घ रोगी सँग अध्यक्ष कार्यक्रम,सुनौला हजार दिनका आमा सँग उपाध्यक्ष कार्यक्रम,भाष कला र संस्कृति,पूर्वाधार विकास र वडा नम्बर १ गुर्जामा कस्तुरी पालनको सम्भाव्यता अध्ययनलाई अगाडी बढाइने नीति गाउँपालिकाले अगाडी सारेको पालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।

पालिकाको दुर्गम वडाका रुपमा रहेको गुर्जामा आगामी आर्थिक वर्ष भित्र सडक पु¥याउन संघीय समपुरक अनुदान र गाउँपालिकाबाट एक करोड ७५ लाख रुपियाँ बिनियोजन गरेको उपाध्यक्ष पुनले बताउनुभयो । उहाँका अनुसार ताकम मुना जोड्ने सडकलाई वैकल्पिक सडकका रुपमा विकास गर्न ताकम हिलापोखरी हुँदै मुना सडकलाई प्रदेश समपुरक योजना र गाउँपालिकाको तर्फबाट एक करोड बिनियोजन गरिएको छ ।

गाउँसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रम र बजेट छलफल पश्चात सर्वसम्मत रुपमा पारित भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले बताउनुभयो । पारित नीति तथा कार्यक्रम र बजेटलाई आगामी आर्थिक वर्षको सुरुवात देखि नै प्रभावकारी रुपमा कार्यान्वयनमा लैजाने उहाँले बताउनुभयो ।गाउँसभाले मध्यमकालिन बजेट खाका,लेखासमिति र कार्यपालिकाबाट भएका निर्णयहरु,चालु आवको आय व्यय बिवरण पारित गरेको छ ।

Related News

म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड
म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड
  • २०८३ असार १०, बुधबार १५:२१

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ६१ करोड १४ लाख ६९ हजार रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित...

पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट
पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट
  • २०८३ असार १०, बुधबार १३:३९

म्याग्दीको धवलागिरी गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु ४८ करोड ५२ लाख तीन हजारको...

समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
  • २०८३ असार ९, मंगलवार १६:४७

म्याग्दीको बेनी नगरपालिकाको नगरसभामा वडा नम्बर ७ वडा सदस्य तथा सुशासन उपसमिति संयोजक सोहन श्रेष्ठ (विश्वास)ले पारदर्शिता, गुणस्तरीय सेवा प्रवाह,...

TOP