२०८२ चैत्र २४
April 7, 2026, Tuesday

मालिका गाउँपालिकाले ल्यायो ४६ करोड २ लाखको बजेट

म्याग्दी ।म्याग्दीको मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष२०८२/०८३ को लागि ४६ करोड दुई लाख तीन हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाको केन्द्र वडा नम्बर ६ दरबाङ स्थित छ्यारछ्यारे सभाहलमा सोमबार आयोजित गाउँसभाको १७ औं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुनले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको उक्त बजेट छलफल सहित सभाबाट पारित भएको छ ।

Advertisement

कुल बजेट मध्ये चालुतर्फ ३२ करोड ९४ लाख ८७ हजार र पुँजीगत तर्फ १३ करोड सात लाख १९ हजार रुपैयाँ विनियोजन गरिएको छ । यसैगरी गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यम र उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुनले प्रस्तुत गर्नुभएको आर्थिक विद्येयक २०८२ सभाले पारित गरेको छ ।

Advertisement

संघीय सरकार समानिकरण अनुदान ८ करोड ८३ लाख ,संघीय सरकार सशर्त अनुदान (चालु) बीस करोड ६३ लाख,संघीय सरकार राजश्व बाँडफाँड आठ करोड ७० लाख ४१ हजार ,संघीय सरकार सशर्त पुँजीगत)अनुदान ६ लाख ,संघीय सरकार विशेष (पुँजीगत)अनुदान असी लाख ,संघीय सरकार समपुरक अनुदान एक करोड १० लाख ,गण्डकी सरकार समानीकरण अनुदान एक करोड ७ लाख २२ हजार ,गण्डकी प्रदेश सरकार राजश्व बाँडफाँड ८५ लाख ८९ हजार ,गण्डकी प्रदेश सरकार ३४ लाख ५१ हजार ,गण्डकी सरकार समपुरक अनुदान ६० लाख ,गाउँपालिकाको आन्तरिक आय (सेवा शुल्क ,दस्तुर ,रोयल्टी र अन्य तथा अनुमानित संचित कोष अल्या हुने रकम दुई करोड रुपैयाँ गरी कुल ४६ करोड २ लाख ३ हजार अनुमानित आय रहेको छ ।

भने सशर्त (चालु) बीस करोड ६३ लाख ,सशर्त (पुँजीगत)कुमलघोर झोलुङ्गे पुल निर्माण ६ लाख ,संघीय सरकार समपुरक अनुदान (पुँजीगत) एक करोड १० लाख ,संघीय सरकार विशेष अनुदान (पुँजीगत )तर्फ दरबाङ बजार संरक्षण ८० लाख ,गण्डकी प्रदेश सरकार समपुरक अनुदान (पुँजीगत) ६० लाख,गण्डकी प्रदेश सकार विशेष अनुदान (पुँजीगत) ३४ लाख ५१ हजार ,मालिका गाउँपालिका वडा कार्यालय संचालन तथा प्रशासनिक खर्च वडा कार्यालय संचालन खर्च समेत ११ करोड ८१ लाख ३५ हजार ,विषयगत शाखाका अन्तर्गतको कार्यक्रम ४५ लाख ,पालिका स्तरीय योजना तथा कार्यक्रम दुई करोड ७२ लाख १७ हजार,वडागत योजना तथा कार्यक्रम ५ करोड ४५ लाख ,लागत सहभागिता –समपुरक कोषमा ८८ लाख ,निजी आवास पुनर्निर्माण साझेदारी १५ लाख र आकस्मिक विपद् कोष एक करोड रुपैयाँ व्यय रहेको छ ।

आर्थिक वर्ष २०८१/०८२ को कुल बजेट ५० करोड तीन लाख ७६ हजार रुपैयाँमा हालसम्म चालुतर्फ २१ करोड ३६ लाख २३ हजार र पुँजीगत तर्फ ४ करोड ६४ लाख ३३ हजार गरी कुल २६ करोड ५६ हजार रुपैयाँ खर्च भएको छ । विपद् व्यवस्थापन,शिक्षा,स्वास्थ्य लगायत क्षेत्रमा भौतिक पुर्वाधार निर्माण ,सडक ,अधुरा रहेका योजनालाई पुर्णता दिन ,खानेपानी ,सिंचाइ, भवन, लघुउद्यम, पर्यटन, नदी नियन्त्रण, युवा रोजगार, कृषि र पशुपालनलाई प्राथमिकता दिएर बजेट बिनियोजन गरेको गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुनले अगामी आर्थिक वर्षको योजना तथा कार्यक्रमहरु सफल र सार्थक कार्यान्वयनका लागि सक्रिय सहयोगको अपेक्षा गर्नुभएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र ढकालले आर्थिक बर्षको सुरुवातदेखि ने सभामार्फत पारित नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनमा जुट्ने जानकारी दिनुभयो ।

Related News

टेलिकमको कार्यालयभित्र हात हालाहाल, कसरी भयो झगडा ?
टेलिकमको कार्यालयभित्र हात हालाहाल, कसरी भयो झगडा ?
  • २०८२ असार १०, मंगलवार ०१:३९

Advertisement नेकपा एमाले म्याग्दीका नेता तथा कार्यकर्ता र नेपाल टेलिकमको कार्यालय मर्मतमा खटिएका मजदुर बिचको विवाद अहिले सामाजिक सञ्जालमा भाइरल...

वन डढेलो र सुक्खापन रोकथामका लागि वनमा पोखरी
वन डढेलो र सुक्खापन रोकथामका लागि वनमा पोखरी
  • २०८२ असार १०, मंगलवार ०१:३९

वन डढेलो नियन्त्रण, सुक्खापन रोकथाम, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण थालिएको छ । यहाँस्थित डिभिजन...

जिल्ला सभा : हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयनमा ल्याउन माग
जिल्ला सभा : हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयनमा ल्याउन माग
  • २०८२ असार १०, मंगलवार ०१:३९

 म्याग्दी जिल्लाले पाएको हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउन माग गरिएको छ । विहिवार बेनीमा सम्पन्न जिल्लाको सभाको एघारौँ अधिवेशनले हिमाली...

TOP