२०८३ भाद्र ३१
September 16, 2026, Wednesday

मंगला गाउँपालिकाले २०औं गाउँसभाबाट ४४ करोड ६१ लाखको बजेट ल्यायो

म्याग्दीको मंगला गाउँपालिकाले सोमबार आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न २०औं गाउँ सभामार्फत आउँदो आवको नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो ।

Advertisement

मंगला गाउँपालिकाले आगामी वर्षमा विभिन्न कार्यक्रम तथा योजनाहरु सञ्चालन गर्न, कार्यालय व्यवस्थापन, शिक्षक र कर्मचारीको तलवभत्ता, विकास निर्माणलगायत विभिन्न शीर्षकमा गरी कुल ४४ करोड ६१ लाख रुपैयाँ बढीको बजेट प्रस्तुत गरेको जनाएको छ । गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षत्रीले आउँदो वर्षका लागि ४४ करोड ६१ लाख ५६ हजार चारसय ५१ रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो ।

सार्वजनिक भएको बजेट अन्तर्गत चालु खर्चतर्फ ३१ करोड ३३ लाख २० हजार चारसय ५१ र पूँजीगततर्फ १३ करोड २७ लाख ३६ हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माले जानकारी दिनुभयो । प्रस्तुत नीति, कार्यक्रम र बजेटमार्फत शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खेलकुदलगायत क्षेत्रको विकासलाई जोड दिइएको छ । विद्यालय उमेर समूहका ‘बालबालिकासँग अध्यक्ष’ कार्यक्रम अन्तर्गत उनीहरुलाई दुध वितरण गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।

यसअघि गाउँसभामा गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकाले नीति तथा कार्यक्रममा स्वास्थ्य बीमा कार्यक्रमलाई सबै घर परिवारमा लागू गरी आर्थिक अवस्था कमजोर भएका परिवार र ‘ग’ वर्गको अपाङ्गता भएका व्यक्तिहरुका लागि निःशुल्क रुपमा स्वास्थ्य बीमा गर्ने व्यवस्था मिलाइने उल्लेख गरिएको छ । यसैगरी मातृ स्वास्थ्य सुरक्षालाई प्रोत्साहन गर्न अनिवार्य रुपमा गर्भावस्था र प्रसुतिपश्चात् स्वास्थ्य चेकजाँच गर्ने र अनिवार्य रुपमा स्वास्थ्य संस्थामा सुत्केरी गराउने वातावरण मिलाइने नीति लिइएको अध्यक्ष रोकाको भनाइ छ ।

त्यस्तै ज्येष्ठ नागरिकहरुलाई उनीहरुकै घरमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गर्नको लागि बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा भत्ता उपलब्ध गराइनेछ । गाउँपालिकामा असङ्गठित तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुलाई सूचीकृत गरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गराउँदै लैजाने नीति लिएको अध्यक्ष रोकाले बताउनुभयो । गाउँपालिकाभित्र विभिन्न क्षेत्रमा कार्यरत मजदुरहरुको सामाजिक सुरक्षाको प्रत्याभूतिका लागि श्रम डेस्क सञ्चालन गर्नुका साथै सामूहिक दुर्घटना बीमाको समेत व्यवस्था गरिने भएको छ ।

२०औं गाउँसभामा प्रस्तुत आगामी आवको वार्षिक नीति, कार्यक्रम र बजेट सर्वसम्मत रुपमा पारित भएको मंगला गाउँपालिकाले जनाएको छ । यसका साथै गाउँसभामा उपाध्यक्ष क्षत्रीले प्रस्तुत गर्नुभएको आगामी आवको बजेटसहित हालसम्मको आयव्यय, मध्यमकालीन खर्च, आगामी आवको विनियोजन विधेयक, न्यायिक समितिको प्रतिवेदन, अनुगमन समितिको प्रतिवेदनलगायत प्रस्तावहरु सर्वसम्मतिले पारित भएका छन् ।सोमबारै म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकाले पनि आउँदो वर्षको नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । रघुगंगाले यसअघि बजेट ल्याइसकेको छ भने आज बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाले पनि बजेट ल्याउँदै छन् ।

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP