२०८३ श्रावण ८
July 24, 2026, Friday

बेनी नगरपालिकाको बजेट ७१ करोड ८० लाख

म्याग्दी, असार १० गते । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ७१ करोड ८० लाख २७ हजार रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । मङ्गलबार बेनीमा १७ औँ नगरसभामा बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछाने पौडलले उक्त बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

Advertisement

कुल विनियोजित मध्ये चालुतर्फ ५४ करोड ९३ लाख ३० हजार र पूँजीगत तर्फ १६ करोड ८६ लाख ९७ हजार रुपियाँ रहेको छ । नगर प्रमुख सुरत केसीले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गर्नुभएको वार्षिक नीति तथा कार्यक्रम र उपप्रमुख लामिछानेले पेस गर्नुभएको बजेट छलफल पछि सभाबाट पारित भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ,नगरसभाले आर्थिक ऐन २०८२ र विनियोजन ऐन २०८२ बनाएको छ । त्यसैगरी न्यायिक समितिको प्रतिविदेन माथि छलफल गरिएको छ ।

बजेटमा सङ्घीय समानीकरण अनुदान ११ करोड ६३ लाख, सङ्घीय राजश्व बाँडफाँड ९ करोड १३ लाख २० हजार, गण्डकी प्रदेश सरकारको समानीकरण अनुदान एक करोड ५८ लाख ८६ हजार,गण्डकी प्रदेश सरकार सवारी साधन कर बाँडफाँडबाट एक करोड ८९ लाख ५३ हजार, सङ्घीय सर्शत कार्यक्रम ३७ करोड ४२ लाख, गण्डकी प्रदेश सरकार सर्शत विशेष अनुदान एक करोड २ लाख, सङ्घीय सरकार समपुरक अनुदान ६५ लाख, सङ्घीय सरकार विशेष अनुदान ६९ लाख,आन्तरिक आम्दानी चार करोड ३३ लाख ५० हजार,मालपोत रजिस्ट्रेसन बाँडफाँड ८५ लाख र चालु आर्थिक वर्षको खर्च हुन बाँकी बजेटबाट प्राप्त हुने आम्दानीलाई बजेटमा समावेश गरिएको छ ।

नगर प्रमुख सुरत केसीले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट निर्माण गरिएको बताउनुभयो । चालु आर्थिक वर्ष २०८१/०८२मा कुल बजेट साह्रौं अधिवेशनबाट पुरक अनुमान समेत ७४ करोड ७० लाख ९८ हजार रहेकोमा एघार महिनामा कुल खर्च ४६ करोड ७९ लाख ६२ हजार (६२.६३ प्रतिशत) रहेको छ । चालुतर्फ ३५ करोड २७ लाख ४ हजार (६५.७९ प्रतिशत) र पुँजीगत तर्फ ११ करोड ५२ लाख ५८ हजार (५४.६३ प्रतिशत) खर्च रहेको छ ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP