म्याग्दी, असार १० गते । म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ७१ करोड ८० लाख २७ हजार रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । मङ्गलबार बेनीमा १७ औँ नगरसभामा बेनी नगरपालिकाकी उपप्रमुख ज्योति लामिछाने पौडलले उक्त बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
कुल विनियोजित मध्ये चालुतर्फ ५४ करोड ९३ लाख ३० हजार र पूँजीगत तर्फ १६ करोड ८६ लाख ९७ हजार रुपियाँ रहेको छ । नगर प्रमुख सुरत केसीले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गर्नुभएको वार्षिक नीति तथा कार्यक्रम र उपप्रमुख लामिछानेले पेस गर्नुभएको बजेट छलफल पछि सभाबाट पारित भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ,नगरसभाले आर्थिक ऐन २०८२ र विनियोजन ऐन २०८२ बनाएको छ । त्यसैगरी न्यायिक समितिको प्रतिविदेन माथि छलफल गरिएको छ ।

बजेटमा सङ्घीय समानीकरण अनुदान ११ करोड ६३ लाख, सङ्घीय राजश्व बाँडफाँड ९ करोड १३ लाख २० हजार, गण्डकी प्रदेश सरकारको समानीकरण अनुदान एक करोड ५८ लाख ८६ हजार,गण्डकी प्रदेश सरकार सवारी साधन कर बाँडफाँडबाट एक करोड ८९ लाख ५३ हजार, सङ्घीय सर्शत कार्यक्रम ३७ करोड ४२ लाख, गण्डकी प्रदेश सरकार सर्शत विशेष अनुदान एक करोड २ लाख, सङ्घीय सरकार समपुरक अनुदान ६५ लाख, सङ्घीय सरकार विशेष अनुदान ६९ लाख,आन्तरिक आम्दानी चार करोड ३३ लाख ५० हजार,मालपोत रजिस्ट्रेसन बाँडफाँड ८५ लाख र चालु आर्थिक वर्षको खर्च हुन बाँकी बजेटबाट प्राप्त हुने आम्दानीलाई बजेटमा समावेश गरिएको छ ।

नगर प्रमुख सुरत केसीले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट निर्माण गरिएको बताउनुभयो । चालु आर्थिक वर्ष २०८१/०८२मा कुल बजेट साह्रौं अधिवेशनबाट पुरक अनुमान समेत ७४ करोड ७० लाख ९८ हजार रहेकोमा एघार महिनामा कुल खर्च ४६ करोड ७९ लाख ६२ हजार (६२.६३ प्रतिशत) रहेको छ । चालुतर्फ ३५ करोड २७ लाख ४ हजार (६५.७९ प्रतिशत) र पुँजीगत तर्फ ११ करोड ५२ लाख ५८ हजार (५४.६३ प्रतिशत) खर्च रहेको छ ।
। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...
म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...