२०८३ श्रावण ८
July 24, 2026, Friday

जलजला गाउँपालिकाको बजेट ५९ करोड ५४ लाख रुपैयाँ

पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३का लागि नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । मंगलबार गाउँपालिका केन्द्र लामाखेत स्थित पालिकाको सभाहलमा आयोजित गाउँपालिका गाउँसभाको १९ औं गाउँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको लागि ५९ करोड ५४ लाख रुपैयाँ बजेट छलफल सहित पारित भएको छ ।

Advertisement

यसैगरी गाउँपालिका अध्यक्ष अध्यक्ष राजुप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम छलफल सहित पारित भएको छ । भने उपाध्यक्ष आचार्यले सभामा प्रस्तुत गर्नुभएको विनियोजन ऐन–२०८२ र आर्थिक विद्येयक–२०८२ समेत सभाबाट पारित भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यले बताउनुभयो ।

उपाध्यक्ष आचार्यले प्रस्तुत गर्नुभएको कुल विनियोजित मध्ये चालुतर्फ ३६ करोड ५६ लाख २२ हजार र पुँजीगततर्फ २२ करोड ९७ लाख ७८ हजार रुपैयाँ रहेको छ । सङ्घीय र प्रदेश सरकारको समानीकरण अनुदान ९ करोड २० लाख , सङ्घीय सरकारको राजश्व बाँडफाँड ७ करोड ९१ लाख ३९ हजार १४८ ,प्रदेश सरकार समानीकरण अनुदान १ करोड १६ लाख ७९ हजार ,प्रदेश सरकारको राजश्व बाँडफाँड ९२ लाख ४६ हजार , सङ्घीय सरकारको सशर्त अनुदान २६ करोड ५२ लाख, प्रदेश सरकारको सशर्त अनुदान २ लाख,सङ्घीय सरकारको समपुरक अनुदान १ करोड ३३ लाख , सङ्घीय सरकारको विशेष अनुदान १ करोड ६५ लाख ,प्रदेश सरकारको समपुरक अनुदान ६० लाख ,प्रदेश सरकारको विशेष अनुदान ४० लाख जुटाइने जनाइएको छ । समानीकरण अनुदान ,राजश्व बाँडफाँड ,सशर्त अनुदान ,समपुरक अनुदान ,विशेष अनुदान परिचालन गर्दा नपुग हुने ९ करोड ८३ लाख ३६ हजार रुपैयाँ आन्तरिक आम्दानीबाट व्यहोरिने उपाध्यक्ष आचार्यले बताउनुभयो ।

आगामी आर्थिक वर्षको क्षेत्रगत कार्यक्रमतर्फ कार्यालय संचालन गर्न १० करोड ,शखागत १० करोड २७ लाख ,वडागत ४ करोड ५० लाख,दायित्व/साझेदारी ४ करोड २५ लाख गरी कुल २९ करोड २ रहेको भने सशर्तृ ,समपुरक र विशेष अनुदान कार्यक्रमतर्फ ३० करोड ५२ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँपालिकाको चालु आर्थिक वर्षको जेठ मसान्त सम्म चालुतर्फ ७२ दशमलव ६९ प्रतिशत र पुँजीगत तर्फ ५२ दशमलव ९९ प्रतिशत गरी औषत ६७ दशमलव ३७ प्रतिशत प्रगति भएको छ । आगामी आर्थिक वर्षमा पनि शिक्षा,स्वास्थ्य,कृषि ,पर्यटन ,धार्मिक क्षेत्र ,रोजगार , पुर्वाधार ,उद्यम ,खेलकुद,आयआर्जन ,विपद् व्यवस्थापन लगायत क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष आचार्यले बताउनुभयो । गाउँसभा सदस्यहरु लोकबहादुर पुन ,विकाश भण्डारी,टकबहादुर पुर्जा लगायतले छलफलमा भाग लिनुभएको थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP