२०८३ जेष्ठ ३०
June 13, 2026, Saturday

गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिता : म्याग्दी र स्याङ्जा फाइनलमा

आयोजक म्याग्दी र स्याङ्जा जिल्ला खेलकुद विकास समिति रु. दुई लाख पुरस्कार राशीको गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता “म्याग्दी भलिबल कप–२०८२” को फाईनलमा पुगेका छन् ।

Advertisement

प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धन तथा जिल्ला खेलकुद विकास समिति म्याग्दीको सहकार्यमा म्याग्दी जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगिताको बुधबार हुने फाइनलमा प्रथम स्थानका लागि म्याग्दी र स्याङ्जाबीच प्रतिस्पर्धा हुने भएको हो ।

Advertisement

बेनीको खुल्ला मञ्च खेलमैदानमा मंगलबार भएको सेमीफाइनलमा म्याग्दीले बागलुङलाई २५–१७, २५–१९ र २५–२१ को अन्तरमा सोझो तीन सेटमा पराजित गर्दै फाइनलमा पुगेको प्रतियोगिताको रेफ्री संयोजक टलसिङ थापाले बताउनुभयो । स्याङ्जाले तनहुँसँग भएको प्रतिस्पर्धात्मक खेलमा दुईका विरुद्ध तीन सेटले पराजित गरेको हो ।

२५–१९ र २५–२२ को अन्तरमा पहिलो र दोस्रो खेल जितेको तनहुँ तेस्रो, चौथो र पाँचो सेटको खेलमा स्याङ्जासँग ३०–२८, २५–१६ र १९–१७ को अन्तरमा पराजित भयो । तनहुँ र बागलुङबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाले बताउनुभयो ।

आइतबारदेखि शुरु भएको प्रतियोगितामा म्याग्दी, मुस्ताङ, बागलुङ, पर्वत, कास्की, तनहुँ, स्याङ्जा र नवलपुर जिल्लाको सहभागिता रहेको थियो । प्रतियोगितामा बिजेताले नगद रु दुई लाख, उपविजेताले नगद रु एक लाख तथा तेस्रो हुने टिमले नगद रु. ५० हजार तथा चौथो हुनेले नगद रु. २५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्ने अध्यक्ष बाँनियाले बताउनुभयो ।

त्यस्तै प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीलाई जनही नगद रु पाँच–पाँच हजार तथा अन्य विधागत उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिबेरो, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट सेटरले जनही नगद रु तीन–तीन हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

म्याग्दी र बागलुङको खेल अवलोकनका लागि उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री खमबहादुर गर्बुजा (खम्बिर), बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल लगायत खुल्ला मञ्चमा पुग्नुभएको थियो । बुधबार राज्यमन्त्री गर्बुजाको प्रमुख आतिथ्यतामा प्रतियोगिता समापन गर्ने कार्यतालिका रहेको छ ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP