२०८२ माघ २२
February 4, 2026, Wednesday

अन्नपूर्ण गाउँपालिकाको बजेट ६० करोड ७६ लाख

‘समृद्ध अन्नपूर्ण निर्माणको आधार ः दीगो कृषि, पर्यटन, ऊर्जा र उत्थानशील पूर्वाधार’ भन्ने मूल नारासहित मङ्गलवार म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्षको वार्षिक नीति, कार्यक्रम र बजेट ल्याएको छ । गाउँसभाको २१औं अधिवेशनबाट आउँदो आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति, कार्यक्रमसहित बजेट सार्वजनिक गरिएको हो ।

Advertisement

गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले आउँदो वर्षमा नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि कुल ६० करोड ७६ लाख दुईहजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको छ । प्रस्तुत भएको कुल बजेटको चालुतर्फ ३७ करोड ५३ लाख १२ हजार चारसय ३५ रुपैयाँ अर्थात् ६१ दशमलव ७६ प्रतिशत र पूँजीगततर्फ २३ करोड २२ लाख ९० हजार तीनसय ५८ रुपैयाँ अर्थात् ३८ दशमलव २३ प्रतिशत बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।

Advertisement


आगामी वर्षमा संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान नौ करोड ३२ लाख, राजश्व बाँडफाँड १० करोड ५९ लाख ६१ हजार र सर्शत अनुदान २१ करोड ८२ लाख रुपैयाँ रहेको छ । यसैगरी गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ९६ लाख १६ हजार, विशेष अनुदान ४० लाख, समपुरक अनुदान ६० लाख, प्रदेशको सवारी कर बाँडफाँडबाट प्राप्त हुने रकम एक करोड चारलाख ९८ हजार र आन्तरिक राजश्वतर्फ दुई करोड १२ लाख ७५ हजार रुपैयाँ रहेको उपाध्यक्ष पुनले जानकारी दिनुभयो ।


त्यस्तै आगामी आर्थिक वर्षको लागि अल्यातर्फ अनुमानित आठ करोड ५५ लाख ५२ हजार चारसय ४८ रुपैयाँ अनुमान गरिएको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ । प्रस्तुत बजेटमध्ये सामाजिक विकासतर्फ २७ करोड ६८ लाख ५२ हजार अर्थात् कुल बजेटको ४५ दशमलव ५६ प्रतिशत रहेको छ । भौतिक पूर्वाधार विकासतर्फ २० करोड ९६ लाख ४४ हजार रुपैयाँ अर्थात् कुल बजेटको ३४ दशमलव ५० प्रतिशत बजेट विनियोजन गरिएको उपाध्यक्ष पुनले बताउनुभयो ।

त्यसैगरी स्वास्थ्य, आयुर्वेद तथा योगतर्फ पाँच करोड ४३ लाख ४४ हजार, युवा तथा खेलकुद विकासअन्तर्गत खेलकुदजन्य कार्यक्रमहरु सञ्चालन गर्न १२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । कला, संस्कृति तथा मनोरञ्जन क्षेत्रअन्तर्गत स्थानीय भाषा तथा संस्कृति संरक्षण एवं प्रवद्र्धनको लागि २४ लाख ५० हजार, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणतर्फ ५९ लाख ५० हजार, खानेपानी तथा सरसफाइतर्फ ५६ लाख ३० हजार तथा फोहोरमैला व्यवस्थापन गर्न छ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।


भवन, आवास तथा सहरी विकासअन्तर्गत गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग्गा प्राप्ति गर्न एक करोड १२ लाख रुपैयाँ विनियोजन भएको छ भने ७ नम्बर वडा हिस्तानसहित अन्य सामुदायिक भवन तथा आवासको लागि ११ करोड २९ लाख ९४ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । आर्थिक विकासतर्फ दुई करोड २३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उपाध्यक्ष पुनले जानकारी दिनुभयो ।


गाउँसभामा यसअघि गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने लेखा समितिका संयोजक पुष्पा बानियाँ बरुवालले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । गाउँसभाले प्रस्तुत नीति, कार्यक्रम, बजेटसहित सबै प्रस्तावहरु सर्वसम्मत रुपमा पारित गरेको छ ।

Related News

चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
  • २०८२ असार ११, बुधबार ०१:५२

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड ५० वर्षीय भीष्म पौडेलको हत्या भएको...

कांग्रेसका उम्मेदवार भण्डारीको धवलागिरी गाउँपालिकामा चुनावी अभियान
कांग्रेसका उम्मेदवार भण्डारीको धवलागिरी गाउँपालिकामा चुनावी अभियान
  • २०८२ असार ११, बुधबार ०१:५२

नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले सोमबारदेखि धवलागिरी गाउँपालिकामा चुनावी अभियान सुरु गर्नुभएको छ । आगामी...

नेपाली कांग्रेसका उम्मेदवार भण्डारी : जनताको आवश्यकता नै मेरो चुनावी एजेन्डा
नेपाली कांग्रेसका उम्मेदवार भण्डारी : जनताको आवश्यकता नै मेरो चुनावी एजेन्डा
  • २०८२ असार ११, बुधबार ०१:५२

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले...

TOP