२०८३ श्रावण ७
July 23, 2026, Thursday

एमाले म्याग्दीको निर्वाचन कार्यालय उद्घाटन तथा विस्तारित वैठक

नेकपा एमालेका केन्द्रीय कमिटी सचिव खगराज अधिकारीले आउँदो फागुन २१ गते हुने निर्वाचन सामान्य नभएको बताउनुभएको छ । एमाले म्याग्दीले आसन्न चुनावका लागि बुधवार बेनीमा आयोजना गरेको मूल निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन गर्दै उहाँले अहिलेको सरकार चुनाव गराउन बनेको भए पनि सरकारकै मन्त्रीहरु धमाधम राजिनामा दिएर चुनावमा आउनु यसको पछि ठूलो रहस्य रहेको बताउनुभयो ।

Advertisement

‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई अन्त्य गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने नारासहित नेकपा एमाले जिल्ला कमिटी म्याग्दीद्वारा आयोजित विस्तारित वैठकलाई निर्वाचन कार्यालय उद्घाटनपछि सम्बोधन गर्दै सचिव अधिकारीले आसन्न निर्वाचन देश र राष्ट्रियता जोगाउने तथा देशमा विध्वंश मच्चाउनेहरुको बीच प्रतिस्पर्धा हुने बताउनुभयो ।

उहाँले गत भदौ २३ र २४ गते जेनजी समूहको नाममा भएको आन्दोलनबाट बनेको सरकारमा सहभागी मन्त्रीहरु आसन्न निर्वाचन सम्पन्न गराउनुको सट्टा एकाएक राजिनामा दिएर निर्वाचन लड्न आएको बताउँदै आगामी निर्वाचन देश र राष्ट्रियता जोगाउने तथा संविधानको रक्षाका निम्ती रहेको बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय शक्ति केन्द्र बलियो हुँदा देशको सिमाना पश्चिममा काँकडा र पूर्वमा टिष्टासम्म पु¥याउने वीरहरु अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापाहरु सेरिएको देशमा राष्ट्रवादी अडान राख्दा एमाले नेतृत्वमाथि चौतर्फी प्रहार भैरहेको छ ।’

सोही कार्यक्रममा बोल्दै नेकपा एमालेकी केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज थममाया थापाले आगामी फागुन २१ गतेको निर्वाचन एमालेको पक्षमा पार्ने गरी लाग्न नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ । उहाँले वि.सं. २०४८ सालदेखि हालसम्म भएका निर्वाचनहरुमा एमालेको मत म्याग्दीमा एउटै दरमा प्राप्त भैरहेको बताउँदै अहिलेको निर्वाचन पनि एमालेले जित्नुपर्ने बताउनुभयो ।

नेकपा एमालेकी अर्की केन्द्रीय सदस्य नरदेवी पुनले एमाले सरकारमा हुँदा देश र जनताको पक्षमा गरेका राम्रा कामहरुको बारेमा बुझाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । एमालेका केन्द्रीय सदस्य एवं आसन्न निर्वाचनका उम्मेदवार हरिकृष्ण श्रेष्ठले निर्वाचनमा आफू केबल उम्मेदवारको प्रतिनिधि मात्रै भएको बताउँदै पार्टी केन्द्रीय घोषणापत्र नै निर्वाचनको अभियान हुने बताउनुभयो । एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले आसन्न निर्वाचनमा उठेका राजनीतिक दलका उम्मेदवारहरुसँग स्वतन्त्र उम्मेदवारको तुलना हुन नसक्ने भन्दै निर्वाचन एमालेले जित्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीको अध्यक्षता, उपाध्यक्ष प्रमोद श्रेष्ठको स्वागत र सचिव थमसरा पुनको सञ्चालनमा सम्पन्न विस्तारिक वैठकले आसन्न निर्वाचनलक्षित विभिन्न रणनीति र योजनाहरु बनाएको छ । विस्तारित वैठकमा एमालेका निवर्तमान केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापा, गण्डकी प्रदेश कमिटी सदस्य सुरत केसी, खरमाया बिटालुलगायत प्रदेश तथा जिल्लाका नेता र कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP