२०८३ असार २६
July 10, 2026, Friday

विकास र सुशासनको एजेन्डा लिएर उम्मेदवार भण्डारी गाउँ अभियानमा

म्याग्दी ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले आफ्नो गाउँ अभियान लाई तीव्र पार्नुभएको छ । भण्डारी जिल्लाका विभिन्न गाउँ तथा टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै त्यहाँका समस्या, गुनासा र अपेक्षाबारे जानकारी लिईरहनुभएको छ । साथै उहाँले आफ्नो निर्वाचन एजेन्डा, विकास योजना र भावी कार्यक्रमहरू मतदातासमक्ष राखिरहुनुभएको छ ।

नेपाली कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक तथा संविधान सभा सदस्य रेशम बहादुर बानियाँका अनुसार भण्डारीको अभियानले कांग्रेस र जनताबीचको दूरी घटाएको छ । “उहाँ आफैं गाउँ–गाउँ पुगेर जनताको कुरा सुन्नुहुन्छ, जसले अभियानलाई प्रभावकारी बनाएको छ,” बानियाँले बताउनुभयो । उम्मेदवार भण्डारीले भन्नुभयो “मैले जिल्लाको समग्र अवस्था बुझिसकेको छु, तर गाउँका मतदाताको समस्या र आवश्यकतालाई प्रत्यक्ष सुन्न उनीहरूकै घरदैलोमा पुग्ने प्रयास गरिरहेको छु।”

उहाँका अनुसार पार्टी सभापति राज्य मन्त्री बनेपछि म्याग्दीमा विकास बजेट र योजनाहरू बढेका छन्, र ती योजनाहरूलाई पूर्णता दिनकै लागि यसपटक पार्टीले आफूलाई उम्मेदवार बनाएको बताउनुभयो । अन्नपूर्ण गाउँपालिका–६ घार पुग्दा स्थानीय मतदाताले भण्डारीलाई स्वागत गर्दै गाउँको विकासमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

भेटघाटका क्रममा उहाँले निर्माणाधीन जलविद्युत आयोजना, पूर्वाधार विकास, सुशासन र युवालाई रोजगारी दिने योजना दिने आफ्नो मुख्य एजेन्डा भएको बताउनुभएको छ । पछिल्लो समय म्याग्दी कांग्रेस एकजुट भएर चुनावी मैदानमा उत्रिएको सन्देश दिन पार्टीका सबै नेता तथा कार्यकर्ताहरू संयुक्त रूपमा गाउँ अभियानमा सक्रिय देखिएका छन् ।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP