Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ५
September 21, 2026, Monday

एसइईमा उत्कृष्ट जिपिए ल्याउने अन्नपूर्णका विद्यार्थीलाई नगद सहित सम्मान

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले यस राष्ट्रिय परीक्षा बोर्डले लिएको वर्षको माध्यमिक शिक्षा परीक्षा(एसइई) मा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थीहरुलाई नगद सहित सम्मान गरेको छ ।

Advertisement

मंगलबार गाउँपालिका केन्द्र पोखरेबगरमा आयोजित कार्यक्रममा गाउँपालिकाले २०८१ को एसईईमा ३.६० देखि माथि जिपिए ल्याएर उत्तीर्ण हुने तीनजना विद्यार्थीलाई जनही २४ हजार रुपियाँ नगद र प्रमाणपत्रले सम्मान गरिएको हो ।

Advertisement

वडा नम्बर ६ घार स्थित मुक्तिमार्ग माविबाट एसइईमा सहभागी ललिता खड्काले ३.८० जिपिए,वडा नम्बर १ को कैलाश मावि दोबाकी युना राम्जालीले ३.७१ जिपिए र सुजता राम्जालीले ३.६५ जिपिए प्राप्त गरेर उत्तीर्ण भएकाले उहाँहरुलाई सम्मान गरिएको गाउँपालिकाका शिक्षा,युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिनुभयो । गाउँपालिकाले बनाएको कार्यविधि अनुसार उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने विद्यार्थी छनौंट गरी सम्मान गरिएको उहाँले जानकारी दिनुभयो ।


गाउँपालिका अध्यक्ष भारतकुमार पुन,उपाध्यक्ष दिवाकुमारी पुन तिलिजा र प्रमुख प्रशासकीय अधिकृत रामप्रशाद शर्मा कँडेल,गाउँपालिकाका सामाजिक विकास संयोजक तथा वडा नम्बर २ का वडाध्यक्ष ओमप्रसाद फगामी लगायतले उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरुलाई नगद सहित सम्मान गर्नुभएको थियो ।

गाउँपालिका अध्यक्ष भारतकुमार पुनले विद्यार्थीलाई हौसला प्रदान गर्न गाउँपालिकाले विगत दुईवर्ष देखि एसइईमा सहभागी भएर उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई नगद सहित सम्मान गर्ने गरिएको बताउनुभयो । आगामी आर्थिक वर्ष देखि एसइई परीक्षा उत्तीर्ण गरी गाउँपालिकाकै विद्यालयहरुमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरुलाई नगद १० हजार र प्राविधिक धारतर्फ भर्ना हुने विद्यार्थीहरुलाई नगद १५ हजार रुपियाँ छात्रवृत्ती प्रदान गर्ने कार्यक्रम राखिएको अध्यक्ष पुनले बताउनुभयो ।

यसैगरी प्रदेश र राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी भएर उत्कृष्ट खेल प्रदर्शन गरेर पदक प्राप्त गर्ने पाँचजना खेलाडीहरुलाई पनि नगद सहित गाउँपालिकाले सम्मान गरेको शिक्षा अधिकृत कटुवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार मुक्तिमार्ग मावि घारमा अध्ययनरत उसुका खेलाडीहरु आनन्द बरुवाल,सलिना बरुवाल,विशाल बरुवाल,प्रकृति खड्का र बेबिका बरुवाललाई क्रमशः नगद दशहजार,पाँचहजार र तीनहजारका दरले पुरस्कार र प्रमाणपत्रले सम्मान गरिएको छ । गाउँपालिकाबाट यसवर्ष एकसय २८ जना एसइईमा सहभागी भएकोमा ९२ जना उत्तीर्ण भएको शिक्षा शाखा संयोजक कटुवालले बताउनुभयो । उहाँका अनुसार प्राविधिक धार तर्फ सत प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP