२०८२ माघ २२
February 4, 2026, Wednesday

कालीगण्डकी नदीको क्षेत्रमा बसोबास गर्नेलाई सतर्कता अपनाउन आग्रह

निरन्तर बर्षाका कारण हिमाल पारीको जिल्ला मुस्ताङको लोमन्थाङ गाउँपालिका-४ नाम्दोकको छुकार खोलामा आएको बाढीका कारण जोखिममा रहेका म्याग्दीस्थित कालीगण्डकी नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Advertisement

जिल्ला प्रशासन कार्यालय म्याग्दीले एक सूचना जारी गर्दै कालीगण्डकी नदीको पानीको सतहमा बृद्धि हुन सक्ने सम्भावना रहेकाले नदीको आसपास क्षेत्रमा जोखिम हुन सक्ने हुँदा नदी आसपास क्षेत्रमा बसोबास गर्नुहुने महानभावहरुलाई सतर्कता अपाउनहुनु अनुरोध गरिएको छ सूचनामा भनिएको छ ।

Advertisement

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले हस्ताक्षर गरेको सूचनामा बर्षायामको समयमा अन्य नदीको किनारको बस्तीमा समेत जोखिम हुनसक्ने सम्भावना रहेकाले नदीको तटीय क्षेत्रमा बसोबास गर्ने आम नागरिकलाई सजकता एव सतर्कता अपनाउनुहुन अनुरोध गरिएको छ । जल तथा मौसम विज्ञान विभागले कालीगण्डकीको तटीय क्षेत्रका बासिन्दालाई यस्तो सूचना दिएको छ ।

 यहाँको अन्नपूर्ण गाउँपालिकाको गोप्चेपानी टितर, दाना घरा, सुकेबगर, गुइँठे भुरुङ, तातोपानी, पोखरेबगर, ठूलोबगर, महभिर, तिप्ल्याङ, बैसरी, घुमाउने ताल, तिलकेनी र बेनीको कालीपुल क्षेत्र कालीगण्डकी नदीको तटीय क्षेत्रमा रहेका बस्ती हुन् ।
असार २४ गते, राति ८ः०० बजे
मुस्ताङ जिल्ला स्थित कालिगण्डकी नदीको जोमसोम जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले कालिगण्डकी नदी, रौघाट खोला, म्याग्दी खोला लगायत स–साना नदीको तल्लो तटीय आसपासका क्षेत्रमा रहनुहुनेहरूले भोलि बिहानै सम्म उच्च आवश्यक सतर्कता अपनाइराख्न हार्दिक अनुरोध गर्दछौं।
ज.मौ.वि.वि.

Related News

चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
  • २०८२ असार २४, मंगलवार १६:०५

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड ५० वर्षीय भीष्म पौडेलको हत्या भएको...

कांग्रेसका उम्मेदवार भण्डारीको धवलागिरी गाउँपालिकामा चुनावी अभियान
कांग्रेसका उम्मेदवार भण्डारीको धवलागिरी गाउँपालिकामा चुनावी अभियान
  • २०८२ असार २४, मंगलवार १६:०५

नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले सोमबारदेखि धवलागिरी गाउँपालिकामा चुनावी अभियान सुरु गर्नुभएको छ । आगामी...

नेपाली कांग्रेसका उम्मेदवार भण्डारी : जनताको आवश्यकता नै मेरो चुनावी एजेन्डा
नेपाली कांग्रेसका उम्मेदवार भण्डारी : जनताको आवश्यकता नै मेरो चुनावी एजेन्डा
  • २०८२ असार २४, मंगलवार १६:०५

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले...

TOP