Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

म्याग्दीमा पहिरोमा परेर बाबु छोरा बेपत्ता

म्याग्दीको मालिका गाउँपालिका–३ लुक्सीपारमा दाउरा लिन गएका बाबु छोरा पहिरोमा परेर बेपत्ता भएका छन् । दाउरा खोज्ने क्रममा एक्कासी आएको पहिरोम ३५ बर्षिय जगेन्द्र विक, १२ बर्षिय सरोज विक बेपत्ता भएका हुन् ।

लुक्सीपारमा माथिबाट खसेको पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख सुर्य थापाले बताए । ‘घटनाको थप जानकारी आउने क्रममा छ, प्रहरीको टोली घटनास्थलतर्फ जादैंछ’ प्रनाउ थापाले भने ।

बेपत्ता भएकाहरूको प्रहरी र स्थानीयले खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी निरीक्षक सोमदास ढकालको नेतृत्वमा प्रहरीको टोली घटनास्थ्लतर्फ लागेको सूचना अधिकारी सागर पौडेलले बताए । लागतारको बर्षाले म्याग्दीको जनजिवन अस्तब्यस्त बनाएको छ ।

Advertisement

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!