२०८२ आश्विन २४
October 10, 2025, Friday

बाँसबोटको पहिरोले थुनिएको म्याग्दी नदी बग्न थाल्यो

म्याग्दीको धवलागिरी गाउँपालिका–४, बाँसबोटको भिरबाट खसेको पहिरोले बुधबार दिउँसो आंशिक रुपमा थुनिएको म्याग्दी नदी करिब एक घण्टापछि बग्न थालेको छ । धवलागिरी गाउँपालिका –४, र ७ को सिमाना भएर बग्ने म्याग्दी नदीमा भिरबाट खसेको पहिरो थुप्रिदा नदीको नियमित प्रवाह रोकिएको र तलाउ बनेको थियो । ठुला दुङ्गा सहित पहिरोले बनाएको बाँध नाघेर नदी बग्न र तलाउमा पानीको सतह घट्न थालेको धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताउनुभयो ।

Advertisement

दिउँसो १२ः३० देखि करिब एक घण्टा सम्म पहिरोका कारण तल्लो क्षेत्रमा पानीको सतह घटेको थियो । घटनास्थलमा पुगेका बासबोटको छिमेकी छहरीका बासिन्दा तम पुनले थुनिएको नदी बग्न थालेपनि भिरबाट पहिरो खस्ने क्रम भने नरोकिएको बताउनुभयो ।

Advertisement

करिब तीन सय मिटर लामो र ३० मिटर गहिरो तलाउ बनेको उहाँले बताउनुभयो । करिब बुधबार बिहान म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा भारी बर्षा भएको थियो । छहरी, कल्लेनी, बगर, भारवाङ, साँवता, थापाचौर, दरवाङ, छिसवाङ, खोप्टी, पिपलबोट, बाबियाचौर, तोराखेत, सिमलचौर, तातोपानी, सिंगा र बेनी बजार म्याग्दी नदीको तटीय क्षेत्रका बस्तिहरु हुन् ।

धवलागिरी हिमालमा मुहान भएको म्याग्दी नदी बेनी बजारमा आएर कालीगण्डकीमा मिसिन्छ । प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले तत्काललाई जोखिम टरेपनि तटीय क्षेत्रका बासिन्दाहरुलाई खोला किनारमा नजान र सकर्त रहन अनुरोध गर्नुभएको छ ।धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले पहिरो खसेको भिरको फेदीमा रहेको बाँसबोटका बासिन्दालाई सुरक्षित ठाउँमा सार्ने तयारी गरेको बताउनुभयो ।

बाँसबोटमा पाँच घरपरिवारको बसोबास छ । पहिरोका कारण धवलागिरी गाउँपालिका–४, खिवाङ, बगर र नाउरा जोड्ने सडक अवरुद्ध बनेको छ । सडक अवरुद्ध हुँदा स्थानीयबासीका साथै ५३ दशमलब पाँच मेगावाट क्षमताको अपर म्याग्दी १ र ३७ मेगावाट क्षमताको अपर म्याग्दीखोला जलविद्युत आयोजना निर्माण कार्य प्रभावित बनेको छ ।

Related News

म्याग्दीमा विविध कार्यक्रमसहित १५१औं विश्व हुलाक दिवस मनाइयो, सञ्चारकर्मीसहित १२ जनालाई सम्मान
म्याग्दीमा विविध कार्यक्रमसहित १५१औं विश्व हुलाक दिवस मनाइयो, सञ्चारकर्मीसहित १२ जनालाई सम्मान
  • २०८२ असार २५, बुधबार ११:५९

जिल्ला हुलाक कार्यालय म्याग्दीको आयोजनामा विविध कार्यक्रमसहित बिहीबार १५१औँ विश्व हुलाक दिवस मनाइएको छ । जिल्ला हुलाक कार्यालय म्याग्दीले दिवसका...

विद्यार्थीलाई हुलाकको महत्व बुझाउदै जिल्ला हुलाक म्याग्दी
विद्यार्थीलाई हुलाकको महत्व बुझाउदै जिल्ला हुलाक म्याग्दी
  • २०८२ असार २५, बुधबार ११:५९

१५१ औँ विश्व हुलाक दिवसको अवसर पारेर जिल्ला हुलाक कार्यालय म्याग्दीले विद्यार्थीहरुलाई हुलाकको महत्वका बारेमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।...

बेनपा ९ को वडा अध्यक्ष कप विविध खेलकुद र सांस्कृतिक कार्यक्रम सहित समापन
बेनपा ९ को वडा अध्यक्ष कप विविध खेलकुद र सांस्कृतिक कार्यक्रम सहित समापन
  • २०८२ असार २५, बुधबार ११:५९

म्याग्दीको बेनी नगरपालिका–९ नं. वडा कार्यालयको आर्थिक सहयोगमा असोज ६ गतेदेखि संचालन भएको तेस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न...

TOP