२०८२ माघ २२
February 4, 2026, Wednesday

लुक्सीपार ठूलोचौर पहिरो : बेपत्ता बालकको शव भेटियो

म्याग्दीको मालिका गाउँपालिका-३, लुक्सीपार स्थित ठुलोचौर पहिरोमा बेपत्ता बालकको शव भेटिएको छ । बुधबार मध्याह्नको समयमा स्थानीय गोब्रे खोलामा (ठाडो खोला)मा खोलाले बगाएर ल्याएको दाउरा तान्ने क्रममा माथीबाट आएको ठूलोचौर पहिरोले बगाएर लुक्सीपारका १२ वर्षिय सरोज बिक बाबु संगै बेपत्ता हुनुभएको थियो । बेपत्ता बाबू ३५ वर्षीय गजेन्द्र बिकको बुधबार शव फेला परेको थियो।

मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा सहित जनप्रतिनिधि ,नेपाली सेना ,नेपाल प्रहरी ,स्थानीय बासी लगायत टोलीले खोजी गर्ने क्रममा बिहीबार दिउँसो सरोजको शव फेला परेको हो । स्थलगत खोजीकार्यमा संलग्न गाउँपालिका अध्यक्ष गर्बुजाले बुधबार ठुलोचौर पहिरोमा बेपत्ता बालक सरोजको शव फेला परेको जानकारी दिनुभयो ।

स्थलगत खोजीकार्यमा संलग्न गाउँपालिका अध्यक्ष गर्बुजाले बुधबार पहिरोमा बेपत्ता छोरा सरोजको शव फेला परेको जानकारी दिनुभयो । सरोज गोरक्ष आधारभुत विद्यालयमा कक्षा ६ मा अध्ययनरत हुनुहुन्थ्यो । सोही पहिरोले कुलबहादुर बुढाको गोठ बगाउँदा बाँधेर राखिएका दुई गोरु समेत बगाएको छ ।

Advertisement

Related News

चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
  • २०८२ असार २६, बिहीबार १२:४४

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड ५० वर्षीय भीष्म पौडेलको हत्या भएको...

कांग्रेसका उम्मेदवार भण्डारीको धवलागिरी गाउँपालिकामा चुनावी अभियान
कांग्रेसका उम्मेदवार भण्डारीको धवलागिरी गाउँपालिकामा चुनावी अभियान
  • २०८२ असार २६, बिहीबार १२:४४

नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले सोमबारदेखि धवलागिरी गाउँपालिकामा चुनावी अभियान सुरु गर्नुभएको छ । आगामी...

नेपाली कांग्रेसका उम्मेदवार भण्डारी : जनताको आवश्यकता नै मेरो चुनावी एजेन्डा
नेपाली कांग्रेसका उम्मेदवार भण्डारी : जनताको आवश्यकता नै मेरो चुनावी एजेन्डा
  • २०८२ असार २६, बिहीबार १२:४४

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले...

TOP