Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ५
September 21, 2026, Monday

रघुगंगामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

म्याग्दीको रघुगंगा गाउँपालिकाले गाउँपालिका केन्द्र मौवाफाँटमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक बर्ष २०८१÷०८२ को तेस्रो त्रैमासिक सम्मको सेवा प्रवाह, विकास निर्माण लगायतका विविध विषयमा सरोकारवाला र सेवाग्राहीहरुबाट राय सुझाव लिन गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।

Advertisement

गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रमका सहभागिहरुले विकास निर्माण,जलविद्युत आयोजना,सेवा प्रवाह,शिक्षा,स्वास्थ्य,विपत व्यवस्थापन लगायतका विषयमा जिज्ञासा राखेका थिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले चालु आर्थिक वर्षमा बजेट कार्यान्वयनको विस्तृत विवरण प्रस्तुत गर्नुभएको थियो । उहाले ६६.४० प्रतिशत पूँजीगत र ८२.५४ प्रतिशत चालु खर्च भएको कार्यक्रममा जानकारी गराउनुभएको थियो ।

Advertisement

चालु आर्थिक वर्षमा समग्र रुपमा चालु र पूँजीगत गरी कुल बजेटको ७८.४१ प्रतिशत वित्तिय प्रगति हासिल भएको उहाँले जानकारी गराउनुभयो । सार्वजनिक सुनुवाईमा सहभागीहरुले गाउँपालिकाले योजनाको भुक्तानीमा कम बजेट भुक्तानी गरेको, विकास निर्माणलाई बेवस्ता गरेको, कोल्डस्टोर संचालनमा भएको ढिलाई, उपभोक्ता समितिलाई योजनाको बारेमा अभिमुखिकरण गर्नुपर्ने, निशुल्क स्वास्थ्य शिविरमा अनिमियता देखिएको, जलविद्युत आयोजनाहरुले गर्ने सामाजिक उत्तरदायित्वको काम र भएको सम्झौता अनुसार काम नगरेकोे लगायतका विषयमा प्रश्नहरु राखेका थिए ।

सार्वजनिक सुनुवाईमा आएका प्रश्नहरुको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी,प्रमुख प्रशासकीय चेतनारायण भण्डारी र गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी पुनले जवाफ दिनुभएको थियो । कार्यक्रममा उठेका प्रस्नको जवाफ दिर्दै गाउँपालिका अध्यक्ष भण्डारीले सेवाग्राहीबाट आएका राय सुझाव पालिकाले मागदर्शनका रुपमा लिएर आगमी दिनमा कार्यसम्पादन गर्ने बताउनुभयो ।

भौगोलिक विकटता, स्रोत साधनको अभाबका बिच पनि गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणमा प्रगति हाँसिल उहाँले बताउनुभयो । उहाँले कोल्डस्टोर संचालन गर्न सम्बन्धित वडाका कोल्डस्टोर संचालन गर्ने समिति बनाएर संचालन गर्न दिने कार्यपालिकामा निर्णय भएको, स्वास्थ्य शिविरमा खानाको बिल भुक्तानी बाहेक अरु कुनै विलको भुक्तानी नदिएको बताउनुभयो ।

प्रगति सार्वजनिक सँगै सेवाग्राही, सर्वसाधारण र सरोकारवालाबाट गुनासा तथा प्रतिकृया संकलन गर्दै आगामी आर्थिक वर्षमा कार्यालयको कार्यसम्पादनलाई थप प्रभाबकारी एवम् सेवामैत्री बनाउन कार्यक्रम आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिनुभयो ।

उहाँले प्राविधिकहरुको नापजाँचका आधारमा विल भुक्तानी हुने बताउनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रमको संचालन तथा सहजीकरण पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष अमित विश्वकर्मा, सचिव ठाकुर प्रसाद आचार्य र सदस्य राकेश शर्माले गर्नुभएको थियो ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP