२०८२ माघ २२
February 4, 2026, Wednesday

धवलागिरीको ७९ प्रतिशत बजेट खर्च, १२७ योजना कार्यान्वयन

म्याग्दीको धवलागिरी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा एक सय २७ वटा योजना कार्यान्वयन र ७९ प्रतिशत बजेट खर्च गरेको छ ।

Advertisement

गाउँपालिकाले शनिबार मुनामा आयोजना गरेको वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले ७९.१७ प्रतिशत बजेट खर्च र शत प्रतिशत योजना कार्यान्वयन भएको जानकारी दिनुभयो ।

Advertisement

उहाँका अनुसार कुल रु. ४७ करोड ६४ लाख ५८ हजार बजेट बिनियोजन भएकोमा ३७ करोड ६१ लख ४९ हजार सात सय ४३ खर्च भएको हो । पुजिगत शिर्षकमा बिनियोजन भएको रु. १४ करोड ५७ लाख ८१ हजार मध्य ७३ दशमलब १३ प्रतिशत अथवा रु. १० करोड ६६ लाख ११ हजार सात सय ९३ खर्च भएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार धवलागिरी गाउँपालिका स्थापना भएदेखि यस वर्ष हालसम्मकै धेरै बजेट खर्च भएको हो । गत वर्ष सम्म रु. १३ करोड तीन लाख १६ हजार बेरुजु रहेकोमा यस वर्ष रु. एक करोड ४५ लाख ५४ हजार चार सय ४३ फस्यौट भएको, थप रु. तीन करोड १७ लाख फस्यौट भई रु. नौ करोड २८ लाख ६१ हजारमा झारिएको छ ।

थप रु. छ करोड ६८ लाख बेरुजु फस्यौटको तयारीमा रहेको प्रमुख प्रशासकीय अधिकृत अर्यालले जानकारी गराउनुभयो । गत वर्ष रु. ५८ लाख आन्तरिक आम्दानी गरेको धवलागिरीले प्रभु बैङ्क मार्फत दुई हजार नौ सय ३८ जना लक्षित नागरिकलाई एक वर्षको अवधीमा रु. १० करोड ५८ लाख चार हजार दुई सय ८८ सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

गत वर्ष तीन सय ६२ वटा जन्मदर्ता, एक सय ९३ वटा मृत्यु, ३८ जोडीको सम्बन्ध बिच्छेद, दुई सय १० जोडीको बिवाह दर्ता हुँदाँ बसाई सरेर जाने परिवार संख्या ७६ र आउनेको संख्या १० रहेको छ ।

पूर्वाधार सम्बन्धी १० वटा योजना ठेक्का र उपभोक्ता समिति मार्फत एक सय १७ वटा योजना कार्यान्वयन गरेको प्रमुख प्रशासकीय अधिकृत अर्यालले जानकारी गराउनुभयो । ठेक्का मार्फत कार्यान्वयन भएको लुलाङ– गुर्जा सडक, खिवाङ सडक, मुदी ढल, मराङ एक घर एक धारा र मच्छिम हिलापोखरी खानेपानी योजना सम्पन्न भएका छन् ।

यस वर्ष ठेक्का सम्झौता भएको मुदी वडा कार्यालय भवन र मराङ–मल्कवाङ सडक योजना, यसअघिका बर्षदेखिनै कार्यान्वयनमा रहेको प्रशासकीय भवन, ताकम अस्पताल भवनको म्याद थप भएको छ । नेवा संस्थासँग समन्वय गरेर मल्कवाङमा खानेपानी योजना निर्माण भएको छ । पर्यटन वोर्डले पठाएको बजेटबाट धौलागिरी चक्रीय पदमार्ग निर्माण भएको छ ।

अध्यक्षसँग दिर्घरोगी कार्यक्रम मार्फत वडा स्तरमा पुगेर सर्वसाधारणको स्वास्थ्य परिक्षण, अपायक पर्ने वडामा योजना सम्झौताका लागि घुम्ति शिविर सञ्चालन, जग्गा वर्गीकरण र डिजिटल प्रोफाइल तयार, व्यवसायिक मौरीपालन विस्तार, धवलागिरीको इच्छा गरिखाने शिक्षा कार्यक्रम कार्यान्वयन, कृषि यान्त्रिकरण मार्फत अनुदानमा मिनिटेलर हलो वितरण, ७५ प्रतिशत अनुदानमा मल्कवाङमा घुम्ती गोठ निर्माण भएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले पूर्वाधार निर्माणसँगै सामाजिक रुपान्तरण, कृषि, पर्यटन, रोजगारी सिर्जनाका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिएको बताउनुभयो । आगामी वर्ष गुर्जामा सडक पु¥याउने, संघीय सरकार मार्फत ढोरपाटनसँग सडकले जोडिएको, प्रदेश सरकार मार्फत दरवाङ–मुना सडक स्तरोन्नतिको क्रममा रहेको, प्रशासकीय भवन, ताकम अस्पताल सम्पन्न हुने चरणमा रहेको अध्यक्ष पुनले बताउनुभयो ।

उपाध्यक्ष रेशम पुनमगरले आगामी वर्ष पाइलट प्रोजेक्टको रुपमा युवा स्वरोजगार ऋण उपलब्ध गराउन बजेट बिनियोजन गरेको जानकारी गराउदै गाउँपालिकाको योजना तथा कार्यक्रम कार्यान्वनयमा समुदाय, संघ संस्था र सरोकारवालाहरुले पनि चासो देखाउनुपर्ने बताउनुभयो । धवलागिरी दुर्गमबाट सुगम मा परिणत हुदै गएपनि बसाईसराई र बिदेशिने क्रम बढ्नु चुनौतिको रुपमा रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा सहभागी सर्वसाधारणहरुले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा ध्यान दिन, लैङ्गिक समानता कायम, विभेद न्युनीकरण गराउन, कृषि उपज उत्पादन वृद्धि र बजारीकरण, उपभोक्ता समितिले खाता खोल्दा बैंकमा जम्मा गर्नुपर्ने रु. पाँच हजार योजनाको अन्तिम किस्ता भुक्तानी लिने समयमा फिर्ता हुने ब्यवस्था मिलाउन, विद्यालयको शैक्षिक नतिजा सुधार गर्न र सामाजिक क्रियाकलापमा युवा क्लव तथा आमा समूहसँग समन्वय गर्न सुझाव दिनुभएको थियो ।

शत प्रतिशत बजेट खर्च हुन नसक्नुको कारण, विपद् व्यवस्थापनको पुर्व तयारीका विषयमा चासो र जिज्ञाशा राख्नुका साथै सेवा प्रवाहका विषयमा भएका नागरिकको गुनासो जानकारी गराएका थिए । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पुनद्धय, प्रमुख प्रशासकीय अधिकृत अर्याल, वडा न.–३ का अध्यक्ष देवेन्द्र रोका, स्वास्थ्य शाखाका प्रमुख सम्झना खाती क्षेत्री, शिक्षा शाखाका प्रमुख ख्यामराज सुवेदीले सहभागीले उठाएका प्रश्न, जिज्ञाशाको जवाफ दिनुभएको थियो । कार्यक्रमको सहजिकरण पत्रकार सन्तोष गौतम र कमल खत्रीले गर्नुभएको थियो ।

Related News

चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
  • २०८२ असार २९, आईतवार ०१:०५

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड ५० वर्षीय भीष्म पौडेलको हत्या भएको...

कांग्रेसका उम्मेदवार भण्डारीको धवलागिरी गाउँपालिकामा चुनावी अभियान
कांग्रेसका उम्मेदवार भण्डारीको धवलागिरी गाउँपालिकामा चुनावी अभियान
  • २०८२ असार २९, आईतवार ०१:०५

नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले सोमबारदेखि धवलागिरी गाउँपालिकामा चुनावी अभियान सुरु गर्नुभएको छ । आगामी...

नेपाली कांग्रेसका उम्मेदवार भण्डारी : जनताको आवश्यकता नै मेरो चुनावी एजेन्डा
नेपाली कांग्रेसका उम्मेदवार भण्डारी : जनताको आवश्यकता नै मेरो चुनावी एजेन्डा
  • २०८२ असार २९, आईतवार ०१:०५

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले...

TOP