२०८३ श्रावण ९
July 25, 2026, Saturday

बेनीमा दोस्रो परम्परागत तारा खेल सुरु

बेनी नगरपालिका–८,कालिपुलमा दोस्रो खुल्ला जिल्लास्तरीय परम्परागत तारा खेल सुरु भएको छ । जिल्ला आर्चरी संघ म्याग्दीले आयोजना गरेृको प्रतियोगिताको एक कार्यक्रमबा बीच जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले ऊद्धघाटन गदैं जिल्लाको खेलकुद क्षेत्रलाई उचाईमा पु¥याउन गरी काम भइरहेको बताउनुभयो ।

Advertisement

अध्यक्ष श्रेष्ठले समिति मातहतमा रहेका संघहरूलाई सक्रिय बनाउने, निष्कृयलाई पुर्नगठन गर्ने तथा खेलाडीलाई तालिम सहित सुविधाहरुलाई प्राथमिकता दिने बताउनुभयो । परम्परागत र मौलिक खेलहरुको जर्गेना गर्न यस प्रकारका प्रतियोगिताहरु महत्वपूर्ण हुने जनाउँदै संस्कृतीको संरक्षणका र प्रवद्र्धनका लागि समेत उत्तिकै आवश्यक रहेको प्रमुख अतिथि श्रेष्ठले बताउनुभयो ।


आइतबार सम्पन्न हुने उक्त प्रतियोगितामा म्याग्दी, मुस्ताङ र कास्कीका ७६ खेलाडीहरुको सहभागिता रहेको संघका अध्यक्ष डम पुनले बताउनुभयो । अध्यक्ष पुनले आधुनिक आर्चरी खेलले परम्परागत तारा खेल ओझेलमा परेकाले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा बेनी नगरपालिका वडा नं ७ का विश्वास श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका कार्यसमिति कोषाध्यक्ष नगेन्द्र मल्ल, कार्यसमितिका सदस्य अविनाश बानियाँ, कार्यालय प्रमुख दानबहादुर राई लगायतको उपस्थिती ‘रहेको थियो । तारा खेलतर्फ प्रथम, द्वितिय र तृतिय हुने टिमले क्रमश नगद रु ६० हजार, ४० हजार र २० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सर्वश्रेष्ठ धर्नुधर,विशिष्ट धर्नुधरले नगदका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP