२०८२ माघ २२
February 4, 2026, Wednesday

म्याग्दीमा कामदारको ज्याला, ढुवानी र निर्माण सामग्रीको नयाँ दररेट निर्धारण

म्याग्दीमा आगामी आर्थिक वर्षका लागि जिल्ला दररेट निर्धारण गरिएको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको अध्यक्षतामा बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले आर्थिक २०८२/०८३ मा कामदारको ज्याला, स्थानीय निर्माण सामग्री, आयातित निर्माण सामग्री सामग्री, मेसिन तथा उपकरणहरुको भाडा, तथा अन्य विभिन्न सामग्रीहरुको दररेट निर्धारण गरेको हो ।

Advertisement

बैठकले जिल्लाको भौगोलिक अवस्था तथा उच्च क्षेत्रकाम काम विभिन्न निर्माणको क्षेत्रमा काम गर्ने दक्ष तथा अदक्ष कामदारको रेटदेखि सवारीसाधन नपुगेको स्थानमा भरिया, खच्चडले सामान ढुवानी गर्दाको पाउने ज्याला समेत तोकिएको जिल्ला दररेट निर्धारण समितिका सदस्य सचिव एवम् पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख इञ्जिनियर विष्णु पौडेलले बताउनुभयो ।

Advertisement

जिल्ला दररेट निर्धारण समितिले डकर्मी, सिकर्मी, नकर्मी, प्लास्टर, प्लम्बर,बेल्डर, रकड्रिलर, हेभी डाईभरको प्रतिव्यक्ति प्रतिदिन ११ सय ९० कायम गरेको छ । गत दुई आवमा प्रतिव्यक्ति प्रतिदिन क्रमशः ११ सय ४०, ११ सय ६० रुपियाँ थियो । अर्धदक्ष ज्यामीले प्रतिदिन काम गरेको ९६४ रुपियाँ पाउने छन् । गत वर्ष ९४० कायम भएको उक्त दररेट अहिले २४ रुपियाँ बढेको हो ।

यसैगरी, अदक्ष ज्यामीले प्रतिदिन काम गरेको ९१३ रुपियाँ पाउने छन् । गत वर्ष ८९० कायम भएको उक्त दररेट अहिले २३ रुपियाँ बढेको छ भने साधारण हेल्पर, हेभी हेल्परको गतबर्षभन्दा प्रति व्यक्ति प्रतिदिन २० रुपियाँ बढेको छ ।

जिल्ला दररेट निर्धारण समितिले समुन्द्री सतहदेखि तीन हजार माथिको उचाईमा काम गर्नेले मजदुरले ११ सय ९० मा थप १५ प्रतिशत ज्याला तोकिएको छ । जिल्ला दररेटमा सडक सञ्जालले नछोएको स्थानमा भरियाले सामान ढुवानीमा प्रतिकेजी तीन रुपियाँ ६० पैसा र त्योभन्दा तलको क्षेत्रमा प्रतिकेजी तीन रुपियाँ पाँच पैसा कायम भएको छ ।

खच्चडबाट असजिलो सामान ढुवानी गर्दा प्रतिकेजी तीन रुपियाँ ३५ पैसा लाग्ने गरेर रेट तोकिएको छ । सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४८ बमोजिम दररेट निर्धारण गरिएको समितिले जनाएको छ ।

समितिको अध्यक्षमा प्रजिअ ढकाल, सदस्यमा जिसस सदस्य जानकी विश्वकर्मा, निमित्त जिसस प्रमुख अमृत सुबेदी, प्रमुख कोष नियन्त्रक किरणचन्द्र सुबेदी, निर्माण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष गोपालप्रसाद भट्टचन, म्याग्दी उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष लिलाराम गौतम, सदस्य सचिवमा पूर्वाधार विकास समितिका प्रमुख विष्णु पौडेल रहनुभएको छ ।

Related News

चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
  • २०८२ असार २९, आईतवार ०१:३३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड ५० वर्षीय भीष्म पौडेलको हत्या भएको...

कांग्रेसका उम्मेदवार भण्डारीको धवलागिरी गाउँपालिकामा चुनावी अभियान
कांग्रेसका उम्मेदवार भण्डारीको धवलागिरी गाउँपालिकामा चुनावी अभियान
  • २०८२ असार २९, आईतवार ०१:३३

नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले सोमबारदेखि धवलागिरी गाउँपालिकामा चुनावी अभियान सुरु गर्नुभएको छ । आगामी...

नेपाली कांग्रेसका उम्मेदवार भण्डारी : जनताको आवश्यकता नै मेरो चुनावी एजेन्डा
नेपाली कांग्रेसका उम्मेदवार भण्डारी : जनताको आवश्यकता नै मेरो चुनावी एजेन्डा
  • २०८२ असार २९, आईतवार ०१:३३

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले...

TOP