२०८३ असार ४
June 18, 2026, Thursday

बराहपाखो सामुदायिक बनको अध्यक्षमा विष्णुप्रसाद गौतम

बराहपाखो सामुदायिकबराहपाखो सामुदायिक बन उपभोक्ता समितिको अध्यक्षमा पुनःअध्यक्ष विष्णुप्रसाद गौतम सर्वसम्मत चयन हुनुभएको छ । आइतबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा धनकुमारी खड्का,सचिव सर्मिला पुन, कोषाध्यक्ष ज्ञान गिरी, सह–सचिव गोपाल भट्टचन, सह–कोषाध्यक्ष सुन्दर केसी रहनुभएको छ ।

Advertisement

कार्यसमितिको सदस्यहरूमा सालिग्राम गौतम श्यर्ली,धनकुमारी थापा, राधिका सापकोटा,राधा बानियाँ, सिता घर्ती,गंगाकुमारी खत्री र देउप्रसाद श्रेष्ठ चयन हुनुभएको सचिव पुनले बताउनुभयो । निर्वाचिन कार्यसमितिलाई निर्वाचन अधिकृत अजय मिलन श्रेष्ठले सपथग्रहण तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

Advertisement

अधिवेशनको डिभिजन बन कार्यालय म्याग्दीका प्रमुख विष्णुप्रसाद अधिकारीले उद्घाटन गदैं सामुदायिक बनमा अनावश्यक भौतिक संरचना बनाउन नहुने, समुदायले रेखदेख गरी संरक्षण गर्नुपर्ने बताउनुभयो । समितिका संस्थापक अध्यक्ष नैनकुमार श्रेष्ठ, पूर्व अध्यक्ष कुलप्रसाद श्रेष्ठ, डम्बरबहादुर बानियाँ, बेनी खानेपानी सरसफाई तथा उपभोक्ता समितिका अध्यक्ष रमेश गिरी, शिवालय मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष एवम् बिरेन्द्रचोक टोल सुधार समितिका संस्थापक अध्यक्ष दलप्रसाद श्रेष्ठ, बन उपभोक्ता महासंघको जिल्ला अध्यक्ष सुन्तली जिसीले मन्तब्य राख्नुभएको थियो ।

बेनी नगरपालिका वडा नं ७ मा कुल १७ हेक्टरमा फैलिएको सामुदायिक बनमा रहेको खानेपानी, दाउरा, काठ, घाँस बिक्रीका साथै नयाँ बिरुवा रोप्ने र संरक्षण गर्ने गरिएको छ । कुल १ लाख ७६ हजार ८ सय आम्दानी भएको समितिमा १ लाख २३ हजार खर्च गरी ५२ हजार बचत रहेको छ ।

Related News

सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
सिमित साधन स्रोत बिच ग्रामिण जनताको तिर्खा मेट्दै रघुगंगा
  • २०८३ असार ३, बुधबार १२:२६

सरसफाई र सौन्दर्यकरणमा स्थानीयको साथ राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका भौगोलिक हिसाबले दुर्गम र विकट मानिने यस गाउँपालिकाका अधिकांश गाउँबस्तीमा...

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

TOP