Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

भकिम्लीमा घरमा नै सामाजिक सुरक्षाभत्ता

म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीमा लक्षित समूहका दुईसय १० जनालाई सामाजिक सुरक्षाभत्ता वितरण भएको छ । प्राईम कमर्सियल बैंक बेनी शाखा म्याग्दीमार्फत भकिम्लीको वडा कार्यालयबाट सेवाग्राहीलाई सामाजिक सुरक्षाभत्ता वापतको रकम प्रदान गरिएको हो ।

Advertisement

गएको आर्थिक वर्ष २०८१/०८२ को चौथो तथा अन्तिम चौमासिकवापत सरकारले तोकेको लक्षित समूहलाई सामाजिक सुरक्षाको रकम वितरण गरिएको प्राईम कमर्सियल बैंक बेनी शाखा म्याग्दीले जनाएको छ । सरकारले तोकेको मापदण्ड अनुसार तीन महिनाको एकमुष्ट प्रतिव्यक्ति ज्येष्ठनागरिकलाई १२ हजार, दलित ज्येष्ठनागरिकलाई पनि १२ हजार र विधुवा महिलालाई आठहजार रुपैयाँको दरले रकम वितरण गरिएको छ ।

Advertisement

यसैगरी अपाङ्गता भएका व्यक्तिलाई छ हजार चारसय र दलित बालबालिकालाई एकहजार छ सय रुपैयाँको दरले सामाजिक सुरक्षा भत्तावापतको रकम वितरण गरिएको छ भने लक्षित समूहलाई विरतण गरिएको रकम तीन महिनाको एकमुष्ट रहेको वडा कार्यालयले जानकारी दिएको छ । बैंकले वडा कार्यालयसँगको समन्वयमा भत्ता वितरण गरेको हो । भकिम्लीका सेवाग्राहीलाई प्राईम कमर्सिलय बैंकको कर्जा विभाग प्रमुख शिवप्रसाद सुवेदी, क्यासियर पुजा भट्टराई र कार्यालय सहायक सुजतासिंह ठकुरीले भत्ता वितरण गर्नुभएको थियो ।

बेनी नगरपालिका वडानम्बर ३ मा ज्येष्ठनागरिक ३ सय ३४, दलित ज्येष्ठनागरिक २६, ज्येष्ठनागरिक एकल महिला २९, विधुवा महिला ६०, अपाङ्गता भएका २८, दलित बालबालिका ३६ र नयाँ थप ४ जना गरी कुल ५ सय १७ जना सेवाग्राहीहरुले सामाजिक सुरक्षाभत्ता पाउने गरेको वडा सचिव मोहमद शाकिब रेजा अन्सारीले जानकारी दिनुभयो । कार्यक्रममा ३ नम्बर वडाका वडा अध्यक्ष पदमबहादुर पुनको पनि विशेष उपस्थिति रहेको थियो ।

वडा कार्यालयबाटै सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षावापतको रकम बैंकमार्फत हातमै थाप्न पाउँदा सेवाग्राहीहरु भने दङ्ग परेका छन् । वि.सं. २०५१ सालमा नेकपा एमालेका तत्कालीन महासचिव मनमोहन अधिकारीको नेतृत्वमा बनेको देशको पहिलो कम्युनिष्ट सरकारले नेपालमा सामाजिक सुरक्षाको कार्यक्रम ल्याएको हो ।

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!