२०८२ आश्विन २४
October 10, 2025, Friday

साउनको पहिलो सोमबार गलेश्वर मन्दिरमा करिब चार लाख भेटी संकलन

म्याग्दीको बेनी नगरपालिका–९,मा अवस्थित गलेश्वर शिवालय मन्दिरमा पहिलो सोमबारमा भक्तजनबाट चढाइएको भेटी सार्वजनिक गरिएको छ । मंगलबार विहान सरोकारावाला निकायको उपस्थितिमा गलेश्वर मन्दिर परिसरमा भेटी गनेर सार्वजनिक गरिएको हो । सोमबार साँझसम्म भक्तजनले मन्दिरमा दर्शन गर्न र पुजाआजाका लागि आएका भक्तजनले चढाएको ३ लाख ९४ हजार ८२७ रुपैयाँ संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव प्रसाद रेग्मीले बताउनुभयो ।

Advertisement

कोषका पदाधीकारी, जनप्रतिनिधी, सुरक्षाकर्मी र स्थानीयबासीहरुको उपस्थितिमा गनिएको भेटि बैंकमा जम्मा गर्न पठाएको अध्यक्ष रेग्मीले बताउनुभयो । दान संकलन गर्ने क्रममा छिटफुट भेटी भेटिएमा हरेक महिनाको १५ दिनमा सार्वजनिक गरिन्छ । साउन महिनाको धार्मिक मेलालाई ब्यवस्थित बनाउन विभिन्न २३ वटा उपसमिति गठन गरेर परिचनालन गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

Advertisement

मुक्तिनाथ मन्दिरको प्रवेशद्वारको रुपमा रहेको म्याग्दीको गलेश्वर शिवालयमा कालिगण्डकी नदीबाट जल स्नान गर्ने ब्यवस्था मिलाइएको छ । गलेश्वरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर कालीगण्डकी नदीको गंगाजलले नुहाउने व्यवस्था मिलाइएको हुँदा भक्तजनको संख्यामा वृद्धि भएको अनुमान गरिएको कोषका उपाध्यक्ष बमबहादुर पुनले बताउनु भयो ।

कालीगण्डकीको किनारवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पुरा हुने जनविश्वासले मुक्तिनाथ मन्दिरमा जाने भक्तजनले समेत दर्शन गर्ने गरेका छन् ।

Related News

म्याग्दीमा विविध कार्यक्रमसहित १५१औं विश्व हुलाक दिवस मनाइयो, सञ्चारकर्मीसहित १२ जनालाई सम्मान
म्याग्दीमा विविध कार्यक्रमसहित १५१औं विश्व हुलाक दिवस मनाइयो, सञ्चारकर्मीसहित १२ जनालाई सम्मान
  • २०८२ श्रावण ७, मंगलवार १३:३५

जिल्ला हुलाक कार्यालय म्याग्दीको आयोजनामा विविध कार्यक्रमसहित बिहीबार १५१औँ विश्व हुलाक दिवस मनाइएको छ । जिल्ला हुलाक कार्यालय म्याग्दीले दिवसका...

विद्यार्थीलाई हुलाकको महत्व बुझाउदै जिल्ला हुलाक म्याग्दी
विद्यार्थीलाई हुलाकको महत्व बुझाउदै जिल्ला हुलाक म्याग्दी
  • २०८२ श्रावण ७, मंगलवार १३:३५

१५१ औँ विश्व हुलाक दिवसको अवसर पारेर जिल्ला हुलाक कार्यालय म्याग्दीले विद्यार्थीहरुलाई हुलाकको महत्वका बारेमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।...

बेनपा ९ को वडा अध्यक्ष कप विविध खेलकुद र सांस्कृतिक कार्यक्रम सहित समापन
बेनपा ९ को वडा अध्यक्ष कप विविध खेलकुद र सांस्कृतिक कार्यक्रम सहित समापन
  • २०८२ श्रावण ७, मंगलवार १३:३५

म्याग्दीको बेनी नगरपालिका–९ नं. वडा कार्यालयको आर्थिक सहयोगमा असोज ६ गतेदेखि संचालन भएको तेस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न...

TOP