म्याग्दीको बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले आयोजना गरेको प्रथम स्ववियु फोे ए साइड फुटबल प्रतियोगिताको उपाधि एफएसयु सेतोले जितेको छ । प्रतिायोगितामा एफएसयु ग्रिन द्धितीय हुन सफल भयो ।
पहिलो पटक आयोजना गरिएको उक्त प्रतियोगितामा विभिन्न कक्षाबाट १० टिमले सहभागिता जनाएका थिए ।
क्याम्पस सह आयोजक रहेको उक्त प्रतियोगितामा रेजोईज टिम अनुशासित, सिजन भण्डारी उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता अनुपम श्रेष्ठ, उत्कृष्ट डिफेन्डर तारामोहन श्रीपाली र ईमर्जिङ खेलाडी बिम्बा क्षेत्री भएको स्ववियु सभापती संगम चोखाल क्षेत्रीले जानकारी दिनुभयो ।

विद्यार्थीलाई पढाई संगै खेलकुद क्षेत्रमा समेत आफ्नो क्षमता प्रस्तुत गर्ने वातावरण मिलोस भनेर फुटबल प्रतियोगिता आयोजना गरिएको सभापती क्षेत्रीले बताउनुभयो ।
प्रथम र दोस्रो हुनेलाई क्रमश नगद रु. १५ हजार र सात हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख श्रीधर सुवेदी, स्ववीयु सभापति संगम क्षेत्री चोखाल, जिल्ला खेलकुद विकास समितिका सदस्य नगेन्द्र मल्ल, बेनपा ७ का वडा सदस्य सोहन श्रेष्ठ, जिल्ला फुटबल संघका अध्यक्ष कुमार बानिया लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।
। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...
म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...