२०८३ भाद्र १०
August 26, 2026, Wednesday

लोमान्थाङमा गुइँठा अभावपछि इन्डक्सन चुल्हो वितरण

उच्च हिमाल भेग उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा दाउराको विकल्पमा गुइँठा बाल्ने गरिन्थ्यो । हिजोआज गुइँठा पाइन छाडेपछि गाउँपालिकाले विद्युतीय चुल्हो वितरण गरेको छ । धुवाँ रहित पालिका बनाउने अभियानसाथ पालिकावासीको चुल्हो धुवाँरहित मात्र नभएर सहज बनाउनका लागि चुल्हो वितरण गरेको जनाएको छ । 

Advertisement

यहाँका सबै घरधुरीमा विद्युतीय चुल्हो प्रयोग गर्ने गरी गाउँपालिकाले शतप्रतिशत अनुदानमा इन्डक्सन वितरण गरेको छ । केन्द्रीय विद्युत् प्रसारण पुगेसँगै गाउँपालिकाभित्र बसोबास गर्ने झन्डै ४ सय ८० घरधुरीलाई लक्षित गरी पहिलो चरणमा आर्थिक अवस्था कमजोर, अपाङ्गता र ज्येष्ठ नागरिकलाई उपलब्ध गराइएको थियो । गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङका अनुसार आर्थिक वर्ष २०८१–०८२ का २ सय १० घरधुरीलाई दिइएकोमा यस आ व २०८२–०८३ को साउन महिनामै २ सय ६० जनालाई वितरण गरिने छ । 

अध्यक्ष गुरुङले भन्नुभयो,‘‘ इन्डक्सन चुल्होसँगै प्रयोग गर्ने विधिका बारेमा पनि जानकारी गराएका छौ, यहाँ दाउराको प्रयोग हुने घरमा अब इन्डक्सन चुल्होमा खान पाक्छ ।’’ लोमान्थाङ गाउँपालिकाभित्र ग्यास सिलिन्डरसँगै अहिले पनि नियमित दाउराको प्रयोग गरी खाना पकाउने गरिन्छ । स्थानीय पेम्बा गुरुङले गाउँपालिकाले निःशुल्क इन्डक्सन चुल्हो वितरण गरेपछि ग्याँस खरिद गरी ल्याउनुपर्ने र दाउरा खोज्न जानुपर्ने झन्झटबाट मुक्त भएको बताउनुभयो । 

गाउँपालिका उपाध्यक्ष छयुमी विष्ट गुरुङले राम्रोसँग चलाउन सकेमा करिब ५ वर्षसम्म टिकाउन सकिने भएकाले वडा तहमा हुने विभिन्न कार्यक्रमहरूमा मर्मत तथा प्रयोगका विधिलाई समेत आगामी दिनमा निरन्तरता दिने बताउनुभयो । गाउँपालिकालाई धुवाँरहित पालिका बनाउन सकिने र इन्डक्सन चुल्होको प्रयोगबाट विद्युतीय महसुल समेत धेरै महँगो नहुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल अधिकारीले बताउनुभयो ।गाउँपालिकामा अधिकांश सानो परिवार भएकाले पनि इन्डक्सन चुल्होले खाना पकाउन सहज हुने बताइएको छ । एउटा इन्डक्सन चुल्होलाई ३५ सय रुपियाँ पर्छ । 

Related News

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
  • २०८३ भाद्र २, मंगलवार ००:५४

रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा विद्यार्थी र शिक्षकहरुका लागि उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । युवाहरुको...

TOP