Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ कार्तिक १५
October 31, 2026, Saturday

लोमान्थाङमा गुइँठा अभावपछि इन्डक्सन चुल्हो वितरण

उच्च हिमाल भेग उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा दाउराको विकल्पमा गुइँठा बाल्ने गरिन्थ्यो । हिजोआज गुइँठा पाइन छाडेपछि गाउँपालिकाले विद्युतीय चुल्हो वितरण गरेको छ । धुवाँ रहित पालिका बनाउने अभियानसाथ पालिकावासीको चुल्हो धुवाँरहित मात्र नभएर सहज बनाउनका लागि चुल्हो वितरण गरेको जनाएको छ । 

Advertisement

यहाँका सबै घरधुरीमा विद्युतीय चुल्हो प्रयोग गर्ने गरी गाउँपालिकाले शतप्रतिशत अनुदानमा इन्डक्सन वितरण गरेको छ । केन्द्रीय विद्युत् प्रसारण पुगेसँगै गाउँपालिकाभित्र बसोबास गर्ने झन्डै ४ सय ८० घरधुरीलाई लक्षित गरी पहिलो चरणमा आर्थिक अवस्था कमजोर, अपाङ्गता र ज्येष्ठ नागरिकलाई उपलब्ध गराइएको थियो । गाउँपालिका अध्यक्ष टसी न्हर्वु गुरुङका अनुसार आर्थिक वर्ष २०८१–०८२ का २ सय १० घरधुरीलाई दिइएकोमा यस आ व २०८२–०८३ को साउन महिनामै २ सय ६० जनालाई वितरण गरिने छ । 

Advertisement

अध्यक्ष गुरुङले भन्नुभयो,‘‘ इन्डक्सन चुल्होसँगै प्रयोग गर्ने विधिका बारेमा पनि जानकारी गराएका छौ, यहाँ दाउराको प्रयोग हुने घरमा अब इन्डक्सन चुल्होमा खान पाक्छ ।’’ लोमान्थाङ गाउँपालिकाभित्र ग्यास सिलिन्डरसँगै अहिले पनि नियमित दाउराको प्रयोग गरी खाना पकाउने गरिन्छ । स्थानीय पेम्बा गुरुङले गाउँपालिकाले निःशुल्क इन्डक्सन चुल्हो वितरण गरेपछि ग्याँस खरिद गरी ल्याउनुपर्ने र दाउरा खोज्न जानुपर्ने झन्झटबाट मुक्त भएको बताउनुभयो । 

गाउँपालिका उपाध्यक्ष छयुमी विष्ट गुरुङले राम्रोसँग चलाउन सकेमा करिब ५ वर्षसम्म टिकाउन सकिने भएकाले वडा तहमा हुने विभिन्न कार्यक्रमहरूमा मर्मत तथा प्रयोगका विधिलाई समेत आगामी दिनमा निरन्तरता दिने बताउनुभयो । गाउँपालिकालाई धुवाँरहित पालिका बनाउन सकिने र इन्डक्सन चुल्होको प्रयोगबाट विद्युतीय महसुल समेत धेरै महँगो नहुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल अधिकारीले बताउनुभयो ।गाउँपालिकामा अधिकांश सानो परिवार भएकाले पनि इन्डक्सन चुल्होले खाना पकाउन सहज हुने बताइएको छ । एउटा इन्डक्सन चुल्होलाई ३५ सय रुपियाँ पर्छ । 

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १४, शुक्रबार ०१:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ०७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP