Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ५
September 21, 2026, Monday

पदक विजेता खेलाडीलाई सम्मान (तस्विर सहित)

किरण कार्की जिल्ला खेलकुद विकास समिति म्याग्दीले विभिन्न प्रतियोगिताका विजेता खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको छ । बुधबार खेलकुद विकास समितिको सभाहलमा आयोजित कार्यक्रममा प्रदेशस्तरीय प्रतियोगिताका स्वर्ण, रजत र काँस्य पदक जित्ने खेलाडीलाई नेपाल सरकारका उर्जा,जलस्रोत तथा सिचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले सम्मान गर्नुभएको थियो ।

Advertisement

मार्सल आट, भलिबल, ब्याडमिन्टन खेलमा गण्डकी प्रदेशमा स्वर्ण, रजत र काँस्य पदक जित्ने खेलाडीलाई क्रमश क्रमश ३ हजार, २ हजार र १ हजार नगद, सम्मानपत्रले सम्मान गरिएको थियो। । ७७ जना सम्मानित हुनेमा १३ जना अफिसियल बाहेक ६४ जना खेलाडी रहेका छन् ।

Advertisement


गोरखामा सम्पन्न भएको १६ औँ गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी ११ स्वर्ण, ७ रजत र ९ कास्य पदक जितेर दोस्रो भएको थियो । सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि गर्बुजाले खेलकुद र राजनीतिमा हारजित हुने बताउँदै आफ्नो लक्ष्य प्राप्तीका लागि निरन्तर लाग्नुपर्ने बताउनुभयो ।

‘खेलाडीले हारबाटै जितको सपना देख्नुपर्छ, खेलक्षेत्रमा लागेकालाई घाटा हुदैन’ राज्यमन्त्री गर्बुजाले भन्नुभयो । सोही अवसरमा राष्ट्रि«य महिला भलिबल टिमकी कप्तान अरुणा शाहीलाई नगद १५ हजार, दोसल्लाले सम्मान गरिएको थियो भने गण्डकी प्रदेश महिला भलिबल टिमकी काजोल छन्त्याललाई नगद ५ हजार, सम्मानपत्रले सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँ, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले मन्तब्य राख्नुभएको थियो ।

खेलाडी, अफिसियल सम्मान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, प्रहरी नायव उपरीक्षक सुर्य थापा, राष्ट्रि«य अनुसन्धान कार्यालयका प्रमुख विजय पौडेल, शसस्त्र प्रहरी बल गलेश्वरका प्रहरी नायब उपरीक्षक लीलाबहादुर भुजेल, विभिन्न संघसंस्थाका प्रतिनिधि सहित खेलाडीको उपस्थिती रहेको थियो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष विष्णु रोकाको स्वागत र सचिव कुमार किसानको सञ्चालनमा सम्पन्न भएको थियो ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP