घलेम्दी हाइड्रो लिमिटेड (GHL) ले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत १२ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.९४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १० करोड १५ लाख रुपैयाँ यस्तो आमदानी गरेको थियो।
विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीको नोक्सानी घटेको छ। समीक्षा अवधिमा कम्पनीको नोक्सानी ७ करोड ६९ लाख रुपैयाँबाट घटेर ३ करोड ३३ लाख रुपैयाँमा झरेको छ। कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा २५.१६ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च समीक्षा अवधिमा २६.९६ प्रतिशत घटेको छ भने कुल खर्च ७.४८ प्रतिशत घटेको छ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ २ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ ४० पैसा रहेको छ। १ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष २४ करोड २८ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
जिल्ला हुलाक कार्यालय म्याग्दीको आयोजनामा विविध कार्यक्रमसहित बिहीबार १५१औँ विश्व हुलाक दिवस मनाइएको छ । जिल्ला हुलाक कार्यालय म्याग्दीले दिवसका...
१५१ औँ विश्व हुलाक दिवसको अवसर पारेर जिल्ला हुलाक कार्यालय म्याग्दीले विद्यार्थीहरुलाई हुलाकको महत्वका बारेमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।...
म्याग्दीको बेनी नगरपालिका–९ नं. वडा कार्यालयको आर्थिक सहयोगमा असोज ६ गतेदेखि संचालन भएको तेस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न...