२०८२ आश्विन २५
October 11, 2025, Saturday

काउलेगौडा युवा क्लब घतानको अध्यक्षमा नगेन्द्र बस्नेत चयन

म्याग्दीको बेनी नगरपालिका–९ काउलेगौडा घतानमा रहेको काउलेगौंडा युवा क्लबको अध्यक्षमा नगेन्द्र बस्नेत सर्वसम्मत चयन हुनुभएको छ । बिहिबार भएको अधिवेशनमा बस्नेतको अध्यक्षमा नयाँ कार्य समिति चयन भएको हो ।

Advertisement

समितको उपाध्यक्षमा पुजन चोखाल, सचिवमा बिशाल खत्री, कोषाध्यक्षमा नारायण बस्नेत, सह सचिवमा कुशल खत्री चयन हुनुभएको छ । त्यस्तै गरी सदस्यहरुमा मन्जिल खत्री, सुजन चोखाल, सन्तोषी बस्नेत र बिनोद बस्नेत चयन हुनुभएको क्लबका संस्थापक अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो ।

Advertisement

अध्यक्ष बस्नेतले आफुले अलपत्र खेलमैदान लाई व्यवस्थित गर्ने, भलिबल प्रशिक्षण र कराते खेलको प्रशिक्षण जस्ता कार्यक्रमहरु संचालन गर्ने बताउनुभयो । उहाँले क्लबलाई मानविय तथा सामाजिक कार्यमा अग्रसर बनाउदै गाउँका युवाहरुलाई एकजुट बनाएर काम गर्ने बताउनुभयो ।

जिल्लाको भलिबल खेलमा आफ्नो पकट बनाएको यस क्लबले सामाजिक संगै समाजमा सकारात्क का मगर्दै आएको छ । कार्यक्रमा क्लबका निवर्तमान अध्यक्ष राजिन पुरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Related News

म्याग्दीमा विविध कार्यक्रमसहित १५१औं विश्व हुलाक दिवस मनाइयो, सञ्चारकर्मीसहित १२ जनालाई सम्मान
म्याग्दीमा विविध कार्यक्रमसहित १५१औं विश्व हुलाक दिवस मनाइयो, सञ्चारकर्मीसहित १२ जनालाई सम्मान
  • २०८२ भाद्र ५, बिहीबार ११:२४

जिल्ला हुलाक कार्यालय म्याग्दीको आयोजनामा विविध कार्यक्रमसहित बिहीबार १५१औँ विश्व हुलाक दिवस मनाइएको छ । जिल्ला हुलाक कार्यालय म्याग्दीले दिवसका...

विद्यार्थीलाई हुलाकको महत्व बुझाउदै जिल्ला हुलाक म्याग्दी
विद्यार्थीलाई हुलाकको महत्व बुझाउदै जिल्ला हुलाक म्याग्दी
  • २०८२ भाद्र ५, बिहीबार ११:२४

१५१ औँ विश्व हुलाक दिवसको अवसर पारेर जिल्ला हुलाक कार्यालय म्याग्दीले विद्यार्थीहरुलाई हुलाकको महत्वका बारेमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।...

बेनपा ९ को वडा अध्यक्ष कप विविध खेलकुद र सांस्कृतिक कार्यक्रम सहित समापन
बेनपा ९ को वडा अध्यक्ष कप विविध खेलकुद र सांस्कृतिक कार्यक्रम सहित समापन
  • २०८२ भाद्र ५, बिहीबार ११:२४

म्याग्दीको बेनी नगरपालिका–९ नं. वडा कार्यालयको आर्थिक सहयोगमा असोज ६ गतेदेखि संचालन भएको तेस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता सम्पन्न...

TOP